अष्ट्रेलियामा विचल्ली परेकी युवतीमाथि धम्की र ब्ल्याकमेलिङ : यी हुन् ब्ल्याकमेल गर्ने नेपाली ‘दलाल’ !

दियोपोस्ट संवाददाता


दियोपोस्ट संवाददाता


सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको एआइबिटि कलेज खारेजीसँगै विचल्लीमा परेका विद्यार्थीलाई नेपाली ‘दलाल’ले तनाव दिएको सार्वजनिक भएको छ । सञ्चार माध्यममा आफ्नो समस्या सुनाएकी सदृषा खरेललाई उनलाई पठाउने नेपाली दलालले समेत तनाव दिएको पाइएको छ ।


राजधानीको पुतलीसडकमा कार्यालय रहेको सनराईज एजुकेशन कन्सल्टेन्सीका मालिक तथा नेपाली दलाल उपेन्द्र सेँडाईले खरेललाई समाजिक सञ्जाल मार्फत ‘ब्ल्याकमेलिङ गरेको आरोप पीडित युवतीले लगाएकी छिन् ।


नेपाली विद्यार्थी विचल्ली पारेको खबरपछि सेँडाईले आफू चोखिनका लागि सामाजिक सञ्जालमा सदृषाले पैसा मागेको हल्ला फैलाएका थिए । सामाजिक सञ्जालमा सदृषाको सन्देश समेत इडिट गरेर सार्वजनिक गरिएपछि सदृषाले पनि उनले पठाएका सबै सन्देश सार्वजनिक गरेकी छिन् ।


‘मैले पैसा मागेको कुरा धेरै भाइरल भएको मैले थाहा पाएँ । मैले मेरो एजेन्टसँग यो कन्भरसेसन गरेको हुँ । किन भने म त्यतिबेला आफै फ्रस्ट्रेसनमा गइसकेको थिएँ । कलेजसँग मेरो पैसा फिर्ता गर्न आग्रह पनि गरेको हो किन भने मेरो पैसा जुन कलेजमा फसेको छ त्यो कलेजले मलाई सर्टिफिकेट दिन नसकेपछि र कलेज नै दर्ता नभई चलेकोले मैले मेरो बाबु आमाले दुख गरेर तिरेको पैसा माग्नु मेरो अधिकार हो । त्यही अधिकार मैले प्रयोग गरेँ,’ उनले प्रश्न गरिन््,‘के यसमा मेरो गल्ती छ ?’


उनले आफूहरुलाई थप पिडा दिने काम भएको भन्दै कारबाहीको माग समेत गरेकी छिन् ।
‘एउटा पीडा भएको नेपाली चेलीमाथि थप पीडित बनाउने र म माथि यति सम्मको आरोप लगाएर विदेशी भूमिमा मर्न सम्म बाध्य बनाउने खाल्को बइज्जत काम गर्नु कति सम्म जायज हो ?,’ प्रश्न गर्दै सदृषाले भनिन्,‘उपेन्द्र सेँडाईले आफ्नो गल्ती लुकाउन मलाई फसाउन खोजेको हो ?’


सदृषाले सार्वजनिक गरेको फेसबुक कुराकानी उपेन्द्र सेँडाईले आफू अष्ट्रेलिया आउन चाहेको र आफूलाई कोठा खोजिदिन समेत आग्रह गरेका छन् ।

एउटा सन्देशमा भने उपेन्द्रले सदृषाको स्ट्याटसमा असहमति जनाउँदै नेता बन्न लागेको भनेका छन् । ‘तिमी विद्यार्थी बन्नेकी नेता ? तिमी राम्रोसँग पढ,’ उपेन्द्रले भनेका छन् ।
जवाफमा सदृषाले आफूहरुले कहाँ र के पढ्ने ? भन्दै प्रश्न गरेकी छिन् ।


सदृषाले उपेन्द्रसँग आफूले सर्टिफिकेट नपाएकाले आफूले तिरेको फि फिर्ता गर्न माग गरेकी छिन् । तर, फि फिर्ता मागेपछि भने उपेन्द्र सम्पर्कबाट भागेको देखिएको छ ।


सदृषालाई सामाजिक सञ्जालमा सबै सन्देश सार्वजनिक गरिदिएपछि भने उपेन्द्रले स्ट्याटस हटाउन दबाव दिएका छन् । फेसबुकमा उनले दबाव र प्रलोभन दिएको पाइएको छ ।

सम्बन्धित खबर