काठमाडौं, १५ फागुन । अष्ट्रेलियाको एआइबिटि कलेजको नर्सिङ संकाय खारेजी भएपछि नेपाली कन्सल्टेन्सी क्षेत्रमा तरंग पैदा भएको छ । दर्ता नै नभएको कलेजमा २ सय जनाभन्दा बढी विद्यार्थी पठाएर विवादमा आएको कम्पनि हो– एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसज प्रा.ली ।
अष्ट्रेलिया स्थित कलेजमा सर्टिफिकेट नपाएर विचल्ली भएका विद्यार्थीलाई मानसिक मानसिक तनाव मात्रै होइन धम्की समेत दिएको भन्दै यो कन्सल्टेन्सी तिब्र विवादमा आएको छ । यस्तो विवादित कम्पनिको प्रचार प्रसारमा भने एक जना चर्चित खेलाडीलाई प्रयोग गरिएको र उनलाई ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरिएको पाइएको छ ।
कन्सल्टेन्सी क्षेत्रमा सबैभन्दा बनद्नामी कमाएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसजेजको प्रमोशन गर्ने ब्रान्ड एम्बेस्डर हुन् चर्चित क्रिकेटर तथा नेपाली टोलीका कप्तान पारस खड्का ।
गत साउन २९ गते राजधानीको एक पाँच तारे होटलमा खड्कालाई ३ वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुक्त गरिएको थियो ।
सर्भिसेजका सिईओ सन्जिब शर्मा र कप्तान पारसले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । खड्कालाई उक्त विवादित कम्पनिले यसअघि नै अष्ट्रेलिया घुमाउने काम समेत गरेको थियो ।
नेपाल, भारत , बंगलादेश, हङकङ, मंगोलिया, नाइजेरिया, फिलिपिन्ससमेतमा गरी ३१ वटा शाखा कार्यालय रहेको दाबी गर्ने एक्सपर्टबाट सबैभन्दा धेरै विद्यार्थी ठगिएको र राज्यलाई समेत अर्बौंको कर छली गरेको स्रोतको दाबी छ ।
बजारशास्त्रका अनुसार जुन वस्तु सबैभन्दा खराब छ त्यो वस्तुको धेरै विज्ञापन हुन्छ । विज्ञापनका लागि सबैभन्दा धेरै फ्यान फलोअर्स भएको व्यक्ति छानिने गरेको छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको स्वदेश तथा विदेशमा धेरै समर्थकहरु छन् ।
त्यसैले पारसलाई देखाएर एक्सपर्टले विद्यार्थी तान्ने लक्ष लिएको थियो । एआइबिटी कलेज खारेजी प्रकरणमा विवादित बनेको एक्सपर्टको कतुर्तको पर्दा खुल्न थालेपछि भने खड्का नै झस्कन थालेका छन् ।
विद्यार्थीलाई धम्की !
एक्सपर्ट एजुकेशनले अष्ट्रेलिया स्थित एआईबिटी कलेजमा अध्ययनरत विद्यार्थी सदृषा खरेललाई धम्की दिएको खुलाशा भएको थियो । सञ्चार माध्यममा विद्यार्थी ठगिएको विषय सार्वजनिक गरेको भन्दै उनलाई एक्पर्टले धम्की दिएको थियो । धम्कि दिएको सावसार्वजनिक भएपछि विवादमा तानिएको एक्सपर्टका पदाधिकारीले ‘दुई हात जोडेर माफी मागेको’ सदृषाले बताईन् । ‘उहाँहरुले मसँग दुई हात जोडेर माफी माग्नु भयो । पहिले मेरो ममि र बाबाको मोबाइल नम्बर मागेको थियो । त्यसको उद्देश्य के हो ?’ उनले भनिन् ।