अमेरिकन आइडलमा चम्किँदै गरेका नेपाली युवा को हुन् ?

अमेरिकन आइडलमा चम्किँदै गरेका नेपाली युवा को हुन् ?

काठमाडौँ, फागुन ५ । अमेरिकी गायन रियालि शो ‘अमेरिकन आइडल’ मा नेपाली युवाले भाग लिँदै निकै राम्रो प्रस्तुती दिएपछि सामाजिक संजालमा चर्चा शुरु भएको छ । विगत ५ बर्षदेखि अमेरिका बस्दै आएका दिवेस पोखरेलले आफ्नो घर नेपालको काठमाडौँ रहेको बताएका छन् । उनले आफ्नो सांगितिक नाम आर्थर गन राखेका छन् ।

अमेरिकन आइडलको अडिसनमा उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री गाए । उनको स्वरले निकै उत्साहित भएका निर्णायकहरुले उनलाई अर्को गितको लागि अनुरोध गरे । दोस्रो गित गाएपछि निर्णायकहरु निकै खुशी भए । उनलाई स्टेजमै पुगेर अंगाले समेत मारे । उनले अर्को राउण्डका लागि प्रवेश पाएका छन् ।

आफ्नो परिचयमा उनले नेपालको सौन्दर्यको वयान समेत गरेका छन् । आफुलाई सानैदेखि संगित मन पर्ने र सोही सपनाले अमेरिकन आइडलसम्म ल्याईपुर्याएको बताए ।

उनले अमेरिकन आइडलमा दिएको प्रस्तुती निकै भाइरल भइरहेका छन् । नेपालका सेलिब्रेटी र कलाकारहरुले समेत उनलाई शुभकामना दिएका छन् । पोखरेलले विभिन्न नेपाली गीतहरु गाइसकेका छन् । ‘न्यानो घर’, ‘प्रलय’, ‘खोज’, ‘हाम्रो दिन’ लगायतका उनका गीतहरुले युट्युवमा राम्रै भ्युअर पाएका छन् ।

Trending News