जेलबाट निष्किएपछि कृष्ण बहादुर महराले भने : ‘अन्तत ममाथिको आरोप गलत सावित भयो’

दियो पोस्ट  

काठमाडौं, ५ फागुन । ३० दिन प्रहरी हिरासात र १०३ दिन जेल जीवन विताएर अन्तत : निर्दोष ठहर भएका पूर्व सभामुख कृष्ण बहादुर महराले विज्ञप्ति मार्फत धन्यावाद दिएका छन् ।


केहीबेरअघि मात्रै डिल्लबजार कारागारबाट रिहाई भएका महराले जिल्ला अदालत काठमाडौं र सुभचिन्तकलाई धन्यवाद दिएका हुन् ।


‘अन्तत ः म माथि लगाईएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालत प्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।


आफूले १०३ दिन कारागार र ३० दिन प्रहरी हिरासतमा बसी तथाकथित आरोप खेपेको समेत उनले बताएका छन् ।


यस्तो छ महराको विज्ञप्ति