
काठमाडौं, ८ फागुन । फ्रेन्च कम्पनिबाट सरकारले खरिद गर्न लागेको सेक्युरिटि प्रेसको अन्तिम टुङ्गो लाग्नै लाग्ता स्विस कम्पनिसँग भएको ७० करोडको घुष वार्तापछि सुचना तथा सञ्चारमन्त्री गोकुल विवादमा फसेका छन् । 
गत कार्तिक २० गते बैंक नोट र पासपोर्टसहित संवेदनशील कागजपत्र नेपालमै छाप्ने उद्देश्यसहित सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले फ्रान्सेली कम्पनीसँग सम्झौता गर्ने निर्णय गरेको थियो ।
पैसा, पासपोर्ट, राजस्वका स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण केन्द्र) स्थापना गर्नका लागि उक्त प्रेस खरिद गर्न लागिएको थियो ।

सेक्युरिटी प्रेस स्थापनाका लागि करिब ३० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । प्रेस स्थापनाका लागि आवश्यकमध्ये केही रकम फ्रान्स सरकारले सहुलियतपूर्ण ऋणमा दिने गरी सरकारले सम्झौताको तयारी गरेको हो ।
फागुन तेस्रो साता भएको समझदारीमा ३ महिनाभित्र सम्झौता गरिसक्ने उल्लेख गरिएको थियो । फ्रेन्च कम्पनिले सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई पठाएको पत्रमा पहिलो चरणमा, राहदानी, चेक, लालपुर्जाजस्ता कागजमा छापिने सामग्री छपाइका लागि पूर्वाधार तयार पार्ने, दोस्रो चरणमा कार्डमा छापिने लाइसेन्स, राष्ट्रिय परिचयपत्र छाप्ने उल्लेख छ ।

स्विस कम्पनिका नेपाली एजेन्ट विश्व प्रकाश मिश्र शर्मासँग मन्त्री वास्कोटाले कमिशनको रकम बढाउने गरी खाका तयार गर्न भनेका छन् । तर सरकारले भने फ्रेन्च कम्पनिका नेपाली एजेन्ट यति समुहकै व्यक्ति मार्फत किन्ने तयारी थालेपछि स्विस कम्पनिका मिश्राले अडियो सार्वजनिक गरिदिएको बताइएको छ ।
एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागी थिए । उनलाई मन्त्रीले २७ अर्बको लागत लाग्ने देखिए त्यसलाई २८ अर्ब बनाउन सुझाव दिएर थप एक अर्ब समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ ।