चलचित्र हलमा ‘आमा’ भर्सेज् ‘सेन्टी भाइरस’

चलचित्र हलमा ‘आमा’ भर्सेज् ‘सेन्टी भाइरस’

काठमाडौँ, फागुन ९ । यो साता नेपाली हलहरुमा दुई उत्कृष्ठ चललिचत्र रिलिज भएका छन् । शुक्रबारदेखि दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘आमा’ र रामबाबु गुरुङद्धारा निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ एकैपटक रिलिज भएका छन् ।

चलचित्र आमाले नेपाली समाजमा आमा र सन्तानबिचको भावनात्मक प्रेम सम्वन्धलाई गहिराइमा पुगेर देखाउने कोशिस गरेको छ । मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरि, लक्ष्मी भुसाल, टिका पहारी जस्ता निकै उत्कृष्ठ कलाकारहरु मुख्य भुमिकामा देखिने चलचित्र ‘आमा’ शर्मिला पाण्डेको निर्माणमा बनाइएको हो ।

करिब दुई महिनाअघि युट्युबबाट सार्वजनिक भएको ट्रेलर अहिलेसम्म करिब दश लाखले हेरेका छन् । ‘आमा’ सेन्सर बोर्डबाट युनिभर्सल मान्यता प्राप्त गरेको चलचित्र हो । आमालाई लिएर चलचित्र हेर्न गए निशुल्क टिकट दिने समेत घोषणा गरिएको छ । दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘पशुपती प्रसाद’ नेपाली चलचित्र बजारमा निकै लोकप्रिय बनिसकेको छ ।

पछिल्लो समय समाजसेवी भनेर चिनिएका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को चर्को प्रचार प्रसार भएको छ । चलचित्रमा समसामयिक राजनीतिक अवस्था र युवा पिडीको भुमिकालाई मुख्य रुपमा देखाइएको छ । यस चलचित्रले राजनीतिको कारण परिवारमा पर्ने असरलाई गम्भिर ढंगबाट देखाउने प्रयास गरेको छ । चलचित्रले कमाएको नाफाको ५० प्रतिशत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि सहयोग गरिने उद्घोष समेत गरिएको कारण चलचित्रमा केही हदसम्म सेन्टीमेन्ट जोडिएको छ ।

धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ । फिल्मलाई निर्देशन गरेका रामबाबु गुरुङले यसअघि नै कबड्डीको सिक्वेल, ‘घामपानी’, ‘तान्द्रो’, ‘पुरानो डुंगा’‚‘साइली’, ‘मिस्टर झोले’ जस्ता उत्कृष्ठ चलचित्रको निर्देशन गरिसकेका छन्् ।

युट्युबमा १ महिनाअघि मात्र रिलिज भएको ट्रेलर करिब २३ लाखले हेरिसकेका छन् ।

Trending News