सौगात ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गदैं

दियोपोस्ट संवाददाता

काठमाडौं, २० माघ । भर्सटाईल नायक सौगात मल्ल चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने भएका छन् । उनले, निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् ।

माघको अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको चलचित्रमा सौगात मल्लकै मुख्य भूमिका रहनेछ । सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरमा यो चलचित्र बन्दैछ ।

निर्देशक सुवर्ण थापाले सौगातसँग चलचित्र बनाउन लागेको पुष्टी गर्दै चाडै नै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने जानकारी दिए ।

नेपाली चलचित्रका धेरै नायकहरु चलचित्र निर्माणमा अघि सरिरहेको बेलामा सौगात पनि निर्माणमा अघि आएका छन् ।

यो चलचित्र यतिबेला धमाधम वर्कशप चलिरहेको छ । सौगात मल्ल र सुवर्णले मिलेर बनाउन लागेको चलचित्रको कथा भने खुलाइएको छैन ।

सम्बन्धित खबर

सिफारिस