नेटफ्लिक्सको ‘द मिडनाइट क्लब’ मुख्य भूमिकामा नेपाली युवक सौरियन

दियो पोस्ट  

काठमाडौँ, २१ माघ । नेटफ्लिक्सले निर्माण गर्न लागेको नयाँ श्रृंखला ‘द मिडनाइट क्लब’ को मुख्य पात्रको रुपमा १९ वर्षीय नेपाली मुलका युवा कलाकार सौरियन सापकोटा छानिएका छन् । ‘द मिडनाइट क्लव’ क्रिस्टोफर पाइकको बेस्ट सेलिङमा आधारित उपन्यास हो ।

निर्देशक फ्लानागनले सोमबार ट्विटरमार्फत महत्वपूर्ण कलाकारहरुको घोषणा गरेका थिए। त्यसमा सौरियनको पनि नाम छ। उनका अनुसार हरर विधामा आधारित उक्त सिरिज १० एपिसोडको हुनेछ भने आगामी बसन्त यामदेखि छायांकन शुरु गरिनेछ ।

सन् १९९४ मा प्रकाशित उपन्यासमा दीर्घ रोग लागेका केही टिनएज केटाकेटीहरुको मर्ने चाहनाका वरिपरी घुमेको छ। उनीहरुमध्ये सबैभन्दा पहिला मर्नेले चिहानबाटै भए पनि बाँचेकाहरुलाई सम्पर्क हरसम्भव कोसिस गर्नुपर्ने सहमति गरेको विषय यसको मूल कथा हो।
शृंखलाको सुटिङ आगामी मार्च महिनादेखि क्यानाडामा हुने बताइएको छ।

TATA ADD