‘सत्यम्’मा पल अनुबन्धित

दियोपोस्ट संवाददाता

काठमाडौ, २८ माघ । महानायक राजेश हमालले ४ वर्षपछि कमब्याक गर्दै गरेको चलचित्र ‘सत्यत्म्’मा अभिनेता पल शाह अनुबन्धित भएका छन् ।

सिनेमालाई शंकर कार्कीले निर्देशन गर्नेछन् । चलचित्रमा एन्ट्री भएका पलको भूमिका भने खुलाइएको छैन ।

यस चलचित्रमा अन्य कलाकारको पनि खोजी भइरहेको छ । चलचित्रका लागि देशका विभिन्न स्थानमा अडिसन पनि भइरहेको छ ।

रेशम सापकोटाको कथा तथा निर्माण रहने सिनेमा चैतबाट फ्लोरमा जाने तयारीमा छ ।

बिदुर पाण्डेको डिओपी, अष्टमान महर्जनको द्वन्द्व निर्देशन, कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलको संगीत रहने सिनेमामा रेशम सापकोटा र बिष्णु निरिशले गीत लेखेका छन् ।

चैत्र बाट फ्लोरमा जाने चलचित्रको मुख्य स्पट पोखरा रहेको छ ।

सम्बन्धित खबर

सिफारिस