
काठमाडौं, २८ माघ । अरुण खड्काको निर्माण तथा निर्देशनमा सिनेमा ‘फटाह फणिन्द्रे’मा कर्मा शाक्यले ‘फटाह फणिन्द्रे’को शिर्ष भुमिका निवार्ह गर्ने भएका छन् ।
मंगलबार अरुण खड्काले चलचित्रको मुख्य भुमिकाको लागि कर्मासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेका छन् ।
सिनेमाका लागी अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।
विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायांकन रहनेछ ।
उतक केसीको कथा रहेको चलचित्रमा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ ।
श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता सुनिल मानन्धर हुन् ।
अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनले यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायतका चलचित्र निर्माण गरेका थिए ।
चैत्रको पहिलो साताबाट छायाँकन सुरु हुने सिनेमाले अपराधको बिषयलाई कमेडीको माध्यमबाट प्रस्तुत गर्न लागेको निर्देशक खड्काले बताए ।