भारतीय अभिनेता रोहित सुचान्ती नेपाली चलचित्रमा

दियोपोस्ट संवाददाता

काठमाडौ, ३० माघ । निर्माण तथा निर्देशन बन्न लागेको दीवाकर भट्टराईको सिनेमा ‘तिमीसँगै हुने मन छ’मा मुम्बईका रोहित सुचान्तीले अभिनय गर्ने भएका छन्।

मुम्बईमा जमेका कलाकार रोहित सुचान्तीले नेपाली चलचित्रमा डेब्यू गर्ने लागेका हुन् । पछिल्लो केही समयदेखि फेरि नेपाली चलचित्रमा भारतीय कलाकार तथा प्राविधिक भित्राउने क्रम चलेको छ ।

रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखेंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलका मुख्य अभिनेता हुन्।

‘तिमीसँगै हुने मन छ’मा यस अगाडी नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी थिइन् ।

चैतको पहिलो हप्ताबाट छायांकनमा जान लागेको सिनेमामा अन्य कलाकारहरु भने केही दिनपछि फाइनल गरिने जानकारी प्राप्त भएको छ।

ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा प्रेमकथामा आधारित हुनेछ।

सम्बन्धित खबर

सिफारिस