‘अर्जुन रेड्डी’ नेपाली रिमेकका लागि अडिसन गरिँदै

‘अर्जुन रेड्डी’ नेपाली रिमेकका लागि अडिसन गरिँदै

काठमाडौं, १० फागुन । सुपरहिट दक्षिण भारतीय तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन गर्ने तयारी गरेको छ।

निर्माण तथा वितरणको लागी अुनमती लिएको युवा फिल्म्सले अहिले फिल्मको लागी कलाकारको अडिसनको लागि आव्ह्वान गरेको हो ।

चलचित्र विशाल सापकोटाको निर्देशनमा बन्न लागेको हो भने
केशव खड्का र आशिष श्रेष्ठको निर्माणमा बन्नेछ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन्।

दक्षिण भारतीय फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो।

फिल्मले बक्स अफिसमा ५१ मिलियन भारतीय मूल्य बराबर कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

युवा फिल्म्सले अडिसनका लागि Contact@yuvafilms.com मा इमेल गर्न आग्रह गरेको छ।

Trending News