चलचित्र ‘मनसँग मन’को छायांकन सम्पन्न

चलचित्र ‘मनसँग मन’को छायांकन सम्पन्न

काठमाडौं, १० फागुन । नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ ।

कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै सिनेमाको छायांकन सकिएको हो ।

कैलाश राइको निर्देशनमा तयार भएको यो फिल्ममा अरुण तामाङले निर्माण गरेका हुन् ।

गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको द्धन्द्ध निर्देशन छ ।

चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ ।

Trending News