काठमाडौं, १० फागुन । चलचित्र प्रसादको नयाँ सिक्वेल ‘प्रसाद २’ मा अभिनेता काम गर्ने भएका छन् ।
निर्माण पक्षले‘प्रसाद २’ का लागि केही समयअघि नै विपिन कार्की र नम्रता श्रेष्ठलाई अनुबन्धित गरिसकेको थियो ।
तर, निश्चल दोहोरिने वा नदोहोरिने आशंका थियो । सोमबार निर्माण पक्षले निश्चलसँग लिखित सम्झौता गरेको हो ।
फिल्मलाई सुशील पौडेलले लेखेका छन् भने नयाँ निर्देशकको रूपमा सौरभ चौधरी भित्रिएका छन् ।
दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म प्रसादले व्यापारिक तथा समीक्षात्मक रूपमा सफल भएको थियो ।
चलचित्रको छायांकन चैतको पहिलो साताबाट सुरु गरिने निर्देशकले जानकारी दिएका छन् ।