काठमाडौं, १२ फागुन । राघव आचार्यको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कालिपुरुष’मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् ।
केही हप्ता अघि मात्रै चलचित्र सुदूर छोडेकी अभिनेत्री वर्षाले नयाँ चलचित्र साइन गरेकी हुन् ।
विना कार्कीको लगानीमा निर्माण हुने सिनेमा मानकृष्ण महर्जनको छायांकन रहनेछ ।
निर्देशक आचार्यले भारतमा रहेर केही वेब सिरिजमा काम गरेका थिए भने चलचित्र मेकिङमा पनि व्यस्त थिए ।
चलचित्रको कथा बस्तु र त्यस भित्र रहेका टिमहरू आफूलाई मनपरेपछी सो चलचित्र साइन गरेको वर्षाले बताएकी छिन् ।
यती बेला उनी अभिनीत चलचित्र ‘लक्का जवान, मनसँग मन’ रिलिजको क्रममा छ ।
इभाना इन्टरटेन्मेन्टको ब्यानरमा सिनेमाको छायांकन फागुणको अन्तिम साताबाट सुरु हुनेछ ।