मन्त्रिपरिषद बैठक सकियो : २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय

मन्त्रिपरिषद बैठक सकियो : २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय

काठमाण्डौ, १४ फागुन । सर्वोच्च अदालतको परमादेशपछि मन्त्रिपरिषद्को बैठक आगामी फागुन २३ गते बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बैठक आह्वानको मिति तय गर्ने सिफारिस गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएको पुस ५ गते प्रधानमन्त्रस् केपी ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

Trending News