भृकुटिमण्डपको भाषणले प्रचण्डलाई सर्वोच्च अदालत पुर्यायो : लिखित जवाफ पेश

भृकुटिमण्डपको भाषणले प्रचण्डलाई सर्वोच्च अदालत पुर्यायो : लिखित जवाफ पेश

काठमाडौं, १६ फागुन । नेकपा (बहुमत)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रियसभाका सदस्य तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीसहित अदालत पुगेका उनले लिखित जवाफ पेश गर्ने जनाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।

सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति भएका हुन् ।

काठमाडौंको भृकुटिभण्डपमा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा प्रचण्ड विरुद्ध अबहेलना मुद्दा दर्ता गरेका थिए ।

Trending News