खामबन्दी गरेर नदिएको भन्दै आयल निगमको कार्यकारी निर्देशकका उम्मेदवारको आवेदन खारेज !

diyopost.com
दियो पोस्ट  सोमबार, माघ २४, २०७८ | २२:४६:४५

काठमाडौं । नेपाल आयल निगमको रिक्त रहेको कार्याकारी निर्देशक पदमा आवेद दिएका उम्मेदवार मध्ये एक उम्मेदवार अस्विकृत भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि आवेदन पेश गर्ने १७ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । आवेदन पेश गर्ने १७ औँ नम्बरका सन्जय कुमारले खामबन्दी गरेर खाममा शिलबन्दी नगरि खुल्ला रुपमा पेश गरेको भन्दै आवेदन नै रद्ध गरेको हो ।

उद्योग वाणिज्य तथा आपूतिए मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार गत पौष २५ गते प्रकाशित सुचनाको आधारमा सञ्जय कुमारले खाममा शिलबन्दी नगरि छुट्टै उम्मेदवारी पेश नगरि खुला रुपमा आवेदन दिएको र सोही कारण उनको आवेदन अस्विकृत गरिएको हो ।

यो संगै अब आयल निगमको कार्यकारी निर्देशकका लागि १६ जनाको भिडन्त हुने देखिएको छ ।

सम्बन्धित खबर