एमसीसी रोक्न माओवादी केन्द्रको संसदमा निवेदन

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण ०८, २०७८ | १६:३०:१४

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्बन्धी सम्झौता संसदमा टेबल गर्न रोक्न भन्दै माओवादी केन्द्रले निवेदन दिएको छ ।

माओवादी केन्द्रका संसदीय दलका सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले संयुक्त रुपमा निवेदन दिएका हुन् ।

संसदको कार्यव्यवस्था समितिको बैठकमै उनीहरुले यस्तो निवेदन दिएका थिए । ‘यो अनुदान सम्झौतामा उल्लेखित कतिपय बुँदाहरु परिमार्जन र संशोधन हुनुपर्ने र संसद सुचारु हुनुपर्दछ भनी हामीले निरन्तर भन्दै आएका छौँ,’ निवेदन पत्रमा भनिएको छ,‘तसर्थ राष्ट्रिय सहमति नभएको, संशोधन र परिमार्जन गर्ने कुनै पनि सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध नै रहेकोले मिलिनियम ज्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भिर असहमति रहेको व्यहोरा अनुरोध गर्दछौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवासहित ५ दलिय गठबन्धनको शिर्ष नेताहरुबीचको बैठकले एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जनाएको थियो ।

सम्बन्धित खबर