पोखरा महानगरमा माओवादी केन्द्र नेतृत्वविहिन : अध्यक्ष बन्न घरजग्गा दलालदेखि लेखकसम्म सक्रिय !

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण १३, २०७८ | १२:३९:०६

कास्की । नेकपा माओवादी केन्द्रले गत मंसिर ११ गते देशैभरका स्थानिय तहहरुमा एकैसाथ अधिवेशन गरेको थियो । भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबोधन समेत गरेका थिए । तर, भर्चुअल माध्यमबाट उद्घाटन भएपनि गण्डकी प्रदेशको एउटै मात्रै महानगरपालिका पोखरा महानगरपालिकामा भने नेतृत्व चयन हुन सकेको छैन ।

दोस्रो अधिवेशन सम्पनन भएको तीन महिना वितिसक्दा पनि माओवादी केन्द्रले नेतृत्व चयन गर्न सकेको छैन । जबकी स्थानिय तहको निर्वाचन मिति समेत घोषणा भइसकेको अवस्थामा माओवादी भने नेतृत्व विहिन हुनु परेको छ । नेतृत्व चयनका लागि नेताहरुले बेवास्ता गर्दा यो अवसस्था आएको कार्यकर्ताहर बताउँछन् ।

पोखरा महानगरको अध्यक्ष बन्न हरि नायारण गिरी ‘विज्ञान’, राजु शर्मा तिमिल्सिना र विपिन आचार्यको प्रतिष्पर्धा छ ।

म्याग्दीमा जन्मिएका हरि नारायाण गिरी माओवादी युद्धकालदेखि नै सक्रिय कार्यकर्ता हुन् । उनी युद्धकालमै पूर्णकालिन भएका थिए । यसअघि महानगरको केही समय संयोजकको भूमिकामा रहेका उनले पोखरालाई कार्याक्षेत्र बनाएर राजनीति गर्दै आएका छन् ।

तर, हाल पार्टी छाडेर गएका पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा लागेको उनीमाथि आरोप छ । बाबुराम समुहमा लागेपछि उनले प्रशस्त आर्थिक उपार्जन गरेको र प्रचण्डको चर्को आलोचना समेत गरेको निकटस्थहरु बताउँछन् । पहिलो स्थानिय निर्वाचनको समयमा उनी फेरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

हाल गण्डकी प्रदेश सदस्यका रुपमा कार्यरत रहेका उनी महानगरको अध्यक्ष बन्न खोजिरहेका छन् । तर, प्रदेश सदस्य र महानगरको अध्यक्ष उनलाई नै बनाउँदा दोहोरो पद हत्याएको आरोप समेत लाग्ने छ । माओवादीले एक व्यक्ति एक पदको अवधारणा ल्याएको छ । उनले कृषी फर्म र घर जग्गाको कारोबारलाई समानान्तर अघि बढाएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी हुन् पोखरा महानगर १८ सराङ्कोट घर भएका राजु शर्मा तिमिल्सिना । तत्कालिन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी प्रवेश गरेका शर्मा खानेपानी र ट्याङ्की निर्माणमा सक्रिय छन् । उनले सामाजिक काम गरेर पदमा पुग्न सक्ने आकांक्षा राखेका छन् । वडा समितिदेखि जिल्ला समितिसम्म काम गरेका तिमिल्सिना पोखराको उत्तरी क्षेत्रमा स्थापित राजनीतिकर्मी रहेको उनी निकटहरुको दाबी छ । उनीमाथि माओवादीले उपलब्ध गराएको समावेशी र आरक्षणको विरोध गर्ने गरेको आरोप छ ।

त्यस्तै अर्का आकाक्षी विपिन आचार्य पोखरा १६ का स्थानिय हुन् । ज्ञानज्योति माविबाट २०६० देखि माओवादी निकट अखिल क्रान्तिकारीमा संगठित भएका उनी शान्तिप्रक्रियापछि कास्कीकै उत्तरी क्षेत्रको संयोजक थिए । हाल माओवादी केन्द्र निकट वाईसिएल नेपालको शिक्षा विज्ञान तथा प्रविधि विभागको प्रमुख छन् । माओवादीको कास्की जिल्ला समितिमा रहेका उनी भने कुनै विवादमा फसेका छैनन् ।

उनी नेतृत्वमा आए पार्टी भित्र निष्ठा, त्याग र आदर्शको राजनीतिक संस्कार स्थापना हुने कास्कीका नेता कार्यकर्ताको दाबी छ । उनी माओवादीको वैचारिकीबारे कलम चलाउने लेखक समेत हुन् ।
त्यस्तै पोखरा महानगरको अध्यक्ष हुन प्रदेश सदस्य शिवजी लामिछाने पनि लागी परेका छन् ।

 

सम्बन्धित खबर