सिद्धलेकमा सामुदायीक वन मासेर काठ तस्करी : डिएफओकै मिलेमतोमा तस्करलाई उन्मुक्ति !

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण १५, २०७८ | २२:०६:२६

 

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ स्थित रहेको पञ्चकन्या सामुदायीक वनमा अवैध रुपमा वन विनास गर्नेलाई उन्मुक्ति दिइएको खुलाशा भएको छ । केहीदिन अघि उक्त सामुदायीक वनमा सयौँ क्युफिट काठ काटेको अभियोगमा स्थानिय घननाथ थपलिया, पुष्पराज थपलिया, विनोद थपिलिया विरुद्ध विभिन्न निकायमा उजुरी परेपनि जिल्ला वन कार्यालयले कुनै कारबाही नगरेको स्रोतले जनाएको छ ।

थपलियात्रयले पञ्चकन्या सामुदायीक वनमा रहेको साल र खयरको रुख काटेका थिए । उनीहले सयौँ रुख काटेर तस्करी गरेको एक स्थानियले दियोपोस्टलाई बताए । काठ तस्करी भएको सुचना पाएपछि स्थानियबासीले गजुरीमै रहेको जिल्ला वन कार्यालयको रेन्जरलाई सुचना दिएका थिए । तर, रेन्जर शालिकराम भट्टराईले तस्करहरुलाई मुद्दा लगाउनुको सट्टा उन्मुक्ति दिएको स्थानियको आरोप छ । ‘वनको रेन्जर आउन नमानेपछि जिल्ला वन अधिृकतलाई फोन गरेर जानकारी दिएका थियौँ,’ एक स्थानियले भने,‘वन प्रमुखले निर्देशन दिएपछि काठ नाप्नका लागि रेन्जरलाई निर्देशन भएको हो । त्यसपछि उहाँहरुलाई पक्राउ पुर्जी समेत आएको छ भनेर सुचना हामीलाई दिएका थिए । तर अहिले सम्म कसैलाई पक्राउ पनि गरिएन ।’

ती स्थानियले काठ तस्कर र जिल्ला वन अधिकृतबीच लेनदेनमा मुद्दा नचलाउने सहमति भएको समेत आरोप लगाए । तर, यस विषयमा प्रतिक्रिया लिन डिभिजन वन कार्यालय धादिङका वन अधिकृत अजय विक्रम मानन्धरको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।

‘डिभिजन वन प्रमुखकै मिलेमतोमा काठ तस्करलाई उन्मुक्ति दिइयो । अहिले वडा कार्यालयमा सामान्य जरिवाना गरेर उन्मुक्ति दिने तयारी भइरहेको छ । आजै वडाध्यक्ष टिका थपलियाको मिलेमतोमा छलफल समेत भएको थियो,’ स्रोतले भन्यो,‘काठ तस्करीमा सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षको समेत मिलेमतो छ ।’

सम्बन्धित खबर