प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

दियो पोस्ट डेस्क  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए ।