सार्वजनिक वन कब्जा गरेर मलेखुमा अवैध होटल संचालन, सर्वोच्चको आदेश पालना गराउन आलटाल

दियोपोस्ट संवाददाता

धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको सुचना टाँसेको थियो । सोही सुचना अनुसार १५ दिन भित्र अवैध संरचना हटाउनुपर्ने हो । तर, तीन महिना बित्न लाग्दा समेत वन कार्यालयले स्वयंले जारी गरेको सुचना कार्यान्वयन गरेको छैन ।

पृथ्वीराजमार्ग स्थित बेनिघाट रोराङ्ग ३ मा निर्माण गरिएको कृपाञ्जली होटल वन क्षेत्र भित्र रहेको भन्दै तत्कालिन डिभिजन वन प्रमुख ईमानाथ पौडेलले होटल भत्काउन डोजर लिएर पुगेका थिए । सोही समयमा होटल संचालकहरु अञ्जु पाण्डे र कृष्ण प्रसाद सिलवालले घर भत्काउने कार्य रोक्न भन्दै अन्तरिम आदेश र परमादेश माग गरेर सर्वोच्च अदालत पुगेका थिए । उक्त रिट निवेदनमा अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले अञ्जु पाण्डेको नाममा दर्ता रहेको क्तिता नम्बर ६३३ समेतको जग्गसँग जोडिएको कित्ता १३३ को खहरे जनिएको वन क्षेत्र भित्रको सार्वजनिक जग्गलाई स्थानिय स्तरमा घरायसी लेनदेनको कागजका आधारमा किनवेच गरि साविक देखि नै घर बनाई बसोबास गरी भन्ने आधारमा किनबेच गरी साविक देखि नै घर बनाई बसोबास गरि आएको भन्ने आधारमा मात्रै निवेदकहरुले सो जग्गामा गैरकानुनी तवरले घर बनाई होटल संचालन गरेको देखिन आएको र त्यसलाई हटाउने भनि जिल्ला वन कार्यालय धादिङ्ग समेतको कार्य कानुन सम्मत देखिन आएको ठहर गरेको थियो । त्यतिमात्रै होइन सर्वोच्चले उक्त रिट नै खारेज गरेको थियो । फैसला अनुसार धादिङ्गमा तत्कालिन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गत मंसिर १८ गते सुरक्षा तथा समन्वय समितिको बैठक बसेर उक्त घर १५ दिनभित्र खाली नगरे भत्काउने निर्णय गरेको थियो । तर, प्रमुख जिल्ला अधिकारी र डिभिजन वन प्रमुखले हालसम्म कुनै पनि निर्णय गर्न सकेका छैनन् ।

धादिङ्गमा डिभिजन वन प्रमुखको रुपमा कार्यरत विष्णु प्रसाद आचार्यले सुचना टाँसेर भवन नभत्काई बार्गेनिङ्ग गरेको आरोप छ ।

यस विषयमा प्रतिक्रिया डिभिजन वन कार्यालय धादिङ्गका प्रमुख आचार्यलाई सम्पर्क गर्दा उनले घर भत्काउन लागि रहेको बताए । तर, आफूहरुले थप बल नपुगेर नभत्काएको उनको भनाई छ । उनले आफूले कार्यालयमै बोलाएर भेटेको समेत बताएका छन् । त्यस्तै उनको घरमै गएर पनि भेट गरेको उनले स्विकार गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस