काठमाडौं । भोलिदेखि हरेक बुधबार नयाँ कमेडी शो ‘अँ प्रश्न के हो ?’ प्रसारण हुने भएको छ ।
कमेडी च्याम्पियनका कलाकारहरू मिलेर यो शो ल्याउन लागेका हुन्। नयाँ शो ‘अँ प्रश्न के हो ?’को मंगलबार नै ट्रेलर सार्वजनिक गरिएको थियो। निर्माण टिमकाअनुसार भोलि (बुधबार) बेलुका ९:०० बजेबाट ओएसआर रियालिटी युट्युबमा शो प्रशारण हुने बताका छन् ।
शोमा प्रेम विश्वकर्मा, लोमन सागर रेग्मी, कृष्ण गैरे, कुशल अधिकारी लगायतको प्रस्तुति रहनेछ। हरेक एपिसोडमा कलाकारहरू नयाँ–नयाँ क्यारेक्टरमा प्रस्तुत हुनेछन्। शोमा दर्शकले नयाँ स्वादको कमेडी पाउने निमार्ण टिमले बताएका छन्।
२६ वटा एपिसोड प्रशारणमा ल्याउने तयारीमा रहेको शोका लेखक कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको भनाई छ। निर्देशकमा विनोद श्रेष्ठ छन्। शो को छायाङ्कन निर्देशक श्रेष्ठ र गौतम भुजेलले गरेका हुन् भने सम्पादन सौरभ रेग्मीले गरेका छन्।