सुशील कोइराला गुमाएको कांग्रेसमा युवा र महिलाको सवाल

दियो पोस्ट  

pratima gautam

नेपाली काँग्रेस नेपालको राजनीतिमा इतिहास बोकेको पार्टी हो । यसले आफ्नो स्थापनाकाल देखि नै लोकतन्त्रको स्थापनाको माग राखेको हो । यो पार्टीको इतिहाससँग नेपालको प्रजातन्त्रिक इतिहास जोडिएको छ । प्रजातन्त्रको इतिहास काँग्रेस बिना अधुरो हुन्छ ।
काँग्रेसले अहिले आफ्नो तेह्रो महाधिवेशन गर्दैछ । यो यस्तो समयमा भइरहेको छ, कि देशले लामो समयपछि संविधानसभाबाट संविधान पाएको छ । अर्को तर्फ यसमा महत्वपूर्ण भूमिका निभाएका पार्टी सभापति सुशील कोइरालालाई गुमाएको छ ।
कोइराला विचारमा अडिग र जिवनमा सादगी भएका नेता हुन । उहाँको अनुपस्थितिमा हुन गइरहेको महाधिवेशन आफैमा जिम्मेवारीबोध हुन्छ । प्रमुख नेतृत्व निभाएका व्यक्ति गुमाएको समयमा पार्टीमा सबैको जिम्मेवारी बढेको छ ।
पार्टी अब पुरानो तरिकाले पनि चल्न सक्दैन । यसमा अब नयाँ तरिकाले लैजानु पर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको छ । देशमा गणतन्त्र ,धर्मनिरपेक्षता ,संघीयतालाई लागु गर्नुपर्ने दायीत्व यस पार्टीको काँधमा छ । यसमा पनि विशेषत युवाहरुको बढी जिम्मेवारी छ ।
यो महाधीवेशनबाट युवाहरुको प्रतिनिधित्व बढी हुनु पर्छ । हिजो हामीलाई नेवि संघ बनाउने नेताहरु बाहिर बस्नु पर्ने अवस्था आएको छ । यसलाई पनि मिलाएर लैजान सक्नु पर्छ । अब काँग्रेस हिजोको विधानले चल्न सक्दैन । यसमा पनि परिवर्तन गर्नु पर्ने हो । तर यो महाधिवेशनमा हुन सकेन ।
सबै कुरा विधानमा हुन्छ । तर अहिले युवा पुस्ता लाई अगाडि बढ्न विधानले पनि केहि रोके जस्तो भएको छ । तर काँग्रेसलाई अगाडि बढाउन युवाहरुको भूमिका बढी छ । राजनीतिलाई स्वच्छ बनाउनु पर्ने छ । म पनि युवा भएकाले काँग्रेसको केन्द्रीय सदस्यमा महिलाको तर्फबाट लड्दै छु ।
महिला अहिले राजनीतिमा आइरहेका छन् । हिजो खोजेर महिला राजनीतिमा ल्याउनु पर्ने अवस्था थियो । अहिले यहाँ राजनीति गर्न होडबाजी चलेको छ । तर यसलाई व्यवस्थीत गर्नु पर्नेछ । यसमा सबैको सहयोग चाहिन्छ । यदि यहाँ महिलालाई अवसर दिइएन भने पुन महिला राजनीतिबाट बिमुख हुने संभावना रहन्छ ।
हिजोको विधानले अहिलेको काँग्रेसको प्रतिनिधित्व गर्न सक्दैन । यसलाई सच्याउनु पर्छ । अहिलेको बिषम परिस्थितिमा सबैलाई मिलाएर लैजानु पर्ने नेतृत्वको चुनैति छ । महाधिवेशनमा जित्नु ठूलो होइन, काँग्रेस र देशलाई अगाडि बढाउनु महत्वपूर्ण कुरा हो ।
स्थानिय चुनाव नभएको १७ वर्षभयो । अब यस्तो हुनुहुन्न । आजभन्दा १७ वर्षअघि जन्मेको बच्चाले भोट हाल्न नपाउनुमा सबै दलहरु जिम्मेवार छन् ।
अहिलेसम्म काँग्रेसका भातृ संगठनको अधिवेशन हुन नसक्नुमा एक जना मात्र दोषी छैनन् । हामी सबैको त्यतिनै जिम्मेवारी हुन्छ । एकले अर्कालाई आरोप लगाएर मुक्ति मिल्दैन ।
काँग्रेसले महिलालाई नेतृत्वमा पु¥याएन भन्न त मिल्दैन । मंगला देवि, द्धारीका देवि ठकुरानी , शैलजा आचार्यहरु उदाहरणका पात्रहरु हुन् । जो कांग्रेसको नेतृत्वमा पुगे । ०६२÷६३ पछि महिलाहरुमा पनि साहस आयो । म लडेर भएपनि नेतृत्वमा जान्छु भन्ने विश्वास बढ्नु निकै राम्रो कुरा हो ।
म आफैमा पनि त्यो आत्म विश्वास छ । त्यसैले म पनि अहिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा लड्दै छु । म जस्ता युवाहरु नेपाली काँग्रेसको भविष्य कोर्न सक्षम छौँ । हामीलाई एक्काइसौ शताब्दीको काँग्रेस बनाउनु छ । त्यसको लागि विचार संगठन नयाँ चाहिन्छ । युवा र पाका नेताहरुको फ्युजनबाट काँग्रेसले नयाँ जीवन पाउनेछ ।
युवा र महिलाको सवाल
युवाहरुले संविधान कार्यन्वयनमा लाग्नुपर्छ । देशलाई समृद्ध बनाउने जिम्मेवारी पनि युवाहरुसँगै छ । नयाँ संविधानको कार्यान्वयन र समृद्धिको लागि मेरो उम्मेद्वारी हो । यो देशमा महिलाहरुलाई राजनीतिमा ल्याउनको लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।
यो पार्टीलाई सन्तुलित बनाएर लैजानु आवश्यकता छ । युवा र पुराना नेताहरु एकताबद्ध भएर मात्र कांग्रेसलाई जनतामा पु¥याउन सकिन्छ । जसका लागि युवाहरुलाई नेतृत्वमा ल्याउनु अनिवार्य छ । यूवा महिलाहरुको सहभागीताले कांग्रेस निकै बलियो बन्नेछ । त्यसको लागि पनि मेरो उम्मेदवारी हो ।