काठमाडौं, २० फागुन । कांग्रेसको १३ औं महाधिबेशन उद्घाटन भएको छ । राजधानीको खुल्लामञ्चमा जारी समारोहको पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, माले महासचिव सिपी मैनाली लगायत नेताहरु खुल्ला मञ्चमा पुगेका छन् ।
भारतका विहार राज्यका मुख्य मन्त्री नितिश कुमार, भाजपाका नेता भगत सिंह केशियारी, माक्र्सवादी कम्युनिष्ट पार्टीका जोकेन्द्र सिंह लगायत विभिन्न देशका नेताहरु सहभागी भएका छन् ।