मेची महाकाली एकीकृत युवा जागरण अभियानमा चन्द माओवादीका युवाहरु

दियो पोस्ट  

काठमाडौ, फागुन २६ । राष्ट्रिय युवा जनस्वयम् सेवकको पुर्व मेची महाकाली एकीकृत युवा जागरण  अभियान तेह्रथुमको छातेढुङा चुहानडाडाँ ,इसिबु,थोक्लुङ,सिम्ले,जलजले,ओयाग्जुङ ,हुँदै म्याग्लुङ नगरपालिका आम्बुङ साप्ला सम्म विविध कार्यक्रम गर्दै अघि बढेको छ ।जसमा राष्ट्रघात जनघात र भ्रष्टाचार विरुद्ध भण्डाफोर गर्दै आएको छ , भने जनताको अपार माया साथ समर्थन र स्नेह पाएको छ । जसले हाम्रो एकीकृत जन क्रान्ति को कार्यदिशा लाई सहयोग पुगेको छ । भने धोका गद्दारि र आत्मसमर्पण विरुद्ध जनताको तिव्र घृणा जागेको छ १ जनयुद्धको मर्म भावना र सपना साकार पर्नु पर्छ भन्ने आम जनसमुदायको भनाइ छ । त्यही सिलसिलामा हाम्रो अभियानले हाम्रो महान सहिद घाइते बेपत्ता र शुभचिन्तक सग भेटघाट गरिरहेको छ । अहिले सम्म तेह्रथुम बाट जनयुद्धमा सहिद हुने सहिद हरु टीका सेढाई,हेम मिश्र,महेन्द्र कन्दन्वा,धनरुपा चापागाईं,प्रेम कन्दन्वा,डेकेन्द्र कन्दन्वा,प्रतिभा मिश्र पदम श्रेष्ठ ,धन बा नेपाल ,लोकमणी भण्डारी ,बसन्ती कुरुम्वाङ,सल बा कुरुम्वाङ,सुन्दर बुढाथोकी ,अर्जुन गिरि,महेश पयाङगु लिम्बू,श्री लिम्बू र विमल हुनुहुन्छ । बगाले हत्याकाण्ड मा २१ जना को सामुहिक हत्या गरिएको रहेछ । भने यो तेह्रथुम जिल्ला डिसिएस क विमल लाई ओयाग्जुङ गाविसमा २०५८ साल मंसिर २७ गते शाही सेनाले हत्या गरेको थियो १ अहिलेसम्म युवा अभियानले धेरै बिधालयमा शिक्षक विद्यार्थी सग अन्तर्कृया कार्यक्रम गर्नुकी साथै अखिल क्रान्तिकारी इकाई समिति गठन गरियो । अभियान भव्य रुप बाट अगाडि बढेको छ जसले समाजका भ्रष्ट तस्कर कालोबजारी र गुण्डा हरु आतंकित छन भने गरिब किसान मजदुर कर्मचारी बुद्धिजीवी हरु उत्साहित छन । अब तपाई हरुले गर्न पर्छ यी दलाल संसदीय पार्टी हरुले देश बिगार्ने र भत्काउने भए यो संसदीय ब्यावस्था अन्त्य हुनुपर्ने आम सर्वसाधारण जनताको चाहाना देखिएकोछ १हामी तपाई हरुलाई सहयोग गर्न आतुर छौ तर प्रचण्ड बाबुरामको जस्तो धोका नदिनु भन्ने जनताको सुझाव रहेको छ भने केही आशंका पनि रहेको पाईन्छ । त्यो आशंका लाई मेटाउने हाम्रो अभियानले जतिसक्दो प्रयास गरिरहेको छ । अभियान क्रान्तिकारी राता मान्छे हरु को रातो टि सर्टमा फर्मेशन बद्ध अगाडि बढ्दै गएको छ । विभिन्न ठाउँमा कोणसभा गर्दै हाम्रो विचार योजना र हामीले गर्न खोजेको एकीकृत जनक्रान्ति बारे पार्टी पोलिटब्युरो सदस्य एंव पुर्वी ब्युरो इन्चार्ज क बिकासले सम्बोधन गर्नु भएको थियो । यो अभियान तेह्रथुम सकेर धनकुटा प्रवेश गर्दै छ ।

TATA ADD