भुटानी शरणार्थीमा सजाय निर्धारण: खाँण र रिजाललाई २ वर्ष, टोपबहादुरसहित ९ जनालाई ४ वर्ष कैद (विवरणसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौँ। नेपालमा बहुचर्चित बनेको भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूविरुद्ध अदालतले सजाय निर्धारण गरेको छ। सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध, र राज्य विरुद्धको कसूर लगायतका विभिन्न अपराधमा दोषी ठहरिएका उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी तथा बिचौलियाहरूलाई एकीकृत सजाय प्रणालीका आधारमा कैद र जरिवानाको फैसला सुनाइएको हो।

अदालतले प्रतिवादीहरूको कसूरको गम्भीरता हेरी १ वर्षदेखि ४ वर्षसम्मको कैद र १० हजारदेखि ४० हजार रुपैयाँसम्म जरिवाना हुने गरी एकीकृत सजाय तोकेको छ।

१. अधिकतम सजाय (४ वर्ष कैद र ४० हजार जरिवाना) पाउने ९ प्रतिवादीहरू

मिसिल अनुसार यस प्रकरणका मुख्य योजनाकार तथा मन्त्री एवं उच्च ओहोदामा रहेका व्यक्तिहरू सहित कुल ९ जनालाई एकीकृत तर्फ अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा देहायका व्यक्तिहरू छन्:

टोपबहादुर रायमाझी: ठगी, संगठित अपराध, र राज्य विरुद्धको कसूर (दफा ५१-४ र ५१-७ मा थप ६ महिना कैद समेत) गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार जरिवाना।

टेकनारायण पाण्डे: ठगी, संगठित अपराध, र राज्य विरुद्धको कसूर (थप ६ महिना कैद समेत) मा एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना।

केशवप्रसाद दुलाल: सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना।

सानु भण्डारी: सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना।

सागर राई: ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना।

सन्देश शर्मा: ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना।

विक्रम भन्ने गोविन्द कुमार चौधरी: ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना।

आङटवा शेर्पा: ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूर (थप ६ महिना कैद समेत) मा एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना।

डा. इन्द्रजित राई (जेष्ठ नागरिक छुट): निजलाई पनि एकीकृत तर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना नै तोकिएको छ। तर जेष्ठ नागरिक भएकाले निजको हकमा विशेष कानुनी छुट व्यवस्था लागू भएको छ  

२. बालकृष्ण खाँण र टेकनाथ रिजाललाई २ वर्ष कैद

यस प्रकरणका अन्य दुई हाइप्रोफाइल प्रतिवादीहरूको हकमा एकीकृत तर्फ २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ:

बालकृष्ण खाँण: ठगी (१ वर्ष कैद, १० हजार जरिवाना), संगठित अपराध (१ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना), राज्य विरुद्धको कसूर (६ महिना कैद, ५ हजार जरिवाना) र थप ३ महिना कैद ठहर भई एकीकृत तर्फ कुल २ वर्ष कैद र २० हजार जरिवाना।

टेकनाथ रिजाल: सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूर गरी एकीकृत तर्फ कुल २ वर्ष कैद र २० हजार जरिवाना।

३. १ वर्ष कैद र १० हजार जरिवाना पाउनेहरू

न्यूनतम कसूरदार ठहरिएका ५ जना प्रतिवादीको हकमा एकीकृत तर्फ १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ:

नरेन्द्र के.सी.: ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ १ वर्ष कैद र १० हजार जरिवाना।

शमशेर मिया: ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ १ वर्ष कैद र १० हजार जरिवाना।

हरीभक्त महर्जन: ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ १ वर्ष कैद र १० हजार जरिवाना।

निरञ्जन कुमार खरेल: संगठित अपराध र राज्य विरुद्धको कसूरमा एकीकृत तर्फ १ वर्ष कैद र १० हजार जरिवाना।

बेचन झा (अर्को मुद्दा नं. ०८१-८१-०६३७): निजको हकमा ठगी उद्योगमा १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला भएको छ।

जेष्ठ नागरिक ऐन अन्तर्गत डा. इन्द्रजित राईले पाए कैद छुट

प्रतिवादी डा. इन्द्रजित राई ७५ वर्ष नाघेका जेष्ठ नागरिक भएकाले उनले जेष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम ७५ प्रतिशत कैद सजाय छुट पाएका छन्। अदालतको मिसिल अनुसार उनको कैद भुक्तानीको गणितीय हिसाब यसप्रकार छ:

ठहर भएको कुल कैद: ४ वर्ष

पुर्पक्षमा बसिसकेको अवधि: ३ वर्ष २ महिना १० दिन

अब भुक्तान गर्न बाँकी रहेको अवधि: ९ महिना २० दिन

बाँकी अवधिमा ७५% कानुनी छुट: ७ महिना ७ दिन छुट

अब वास्तवमा कैद बस्नुपर्ने अवधि: डा. राईले अब मात्र २ महिना १३ दिन कैदमा बसी तोकिएको ४० हजार रुपैयाँ जरिवाना भुक्तान गरे पुग्नेछ।

कसलाई कति सजाय? (तालिकामा हेर्नुहोस)

सि.नं. प्रतिवादीको नाम सरकारी लिखत किर्ते ठगी संगठित अपराध राज्य विरुद्धको कसूर (दफा ५१-४ र ७) एकीकृत तर्फ (कुल सजाय)
टेक नाथ रिजाल १ वर्ष कैद, १० हजार जरिवाना १ वर्ष कैद, १० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना ६ महिना कैद, ५ हजार जरिवाना २ वर्ष कैद र २० हजार जरिवाना
केशव प्रसाद दुलाल २ वर्ष कैद, २० हजार जरिवाना २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३0 हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना ४ वर्ष कैद र ४० हजार जरिवाना
सानु भण्डारी २ वर्ष कैद, २० हजार जरिवाना २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना ४ वर्ष कैद र ४० हजार जरिवाना
सागर राई X २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना ४ वर्ष कैद र ४० हजार जरिवाना
सन्देश शर्मा X २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना ४ वर्ष कैद र ४० हजार जरिवाना
डा. इन्द्रजित राई X २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना (थप ६ महिना समेत) ४ वर्ष कैद र ४० हजार जरिवाना (२ महिना १३ दिन मात्र बस्नुपर्ने)
गोविन्द कु. चौधरी X २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना ४ वर्ष कैद र ४० हजार जरिवाना
आङटवा शेर्पा X २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना (थप ६ महिना समेत) ४ वर्ष कैद र ४० हजार जरिवाना
टेक नारायण पाण्डे X २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना (थप ६ महिना समेत) ४ वर्ष कैद र ४० हजार जरिवाना
१० टोप बहादुर रायमाझी X २ वर्ष कैद, २० हजार जरिवाना ३ वर्ष कैद, ३० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना (थप ६ महिना समेत) ४ वर्ष कैद र ४० हजार जरिवाना
११ बालकृष्ण खाँण X १ वर्ष कैद, १० हजार जरिवाना १ वर्ष ६ महिना कैद, १५ हजार जरिवाना ६ महिना कैद, ५ हजार जरिवाना (थप ३ महिना समेत) २ वर्ष कैद र २० हजार जरिवाना
१२ नरेन्द्र के.सी. X ६ महिना कैद, ५ हजार जरिवाना ९ महिना कैद, ७ हजार ५ सय जरिवाना ६ महिना कैद, ५ हजार जरिवाना १ वर्ष कैद र १० हजार जरिवाना
१३ शमशेर मिया X ६ महिना कैद, ५ हजार जरिवाना ९ महिना कैद, ७ हजार ५ सय जरिवाना ६ महिना कैद, ५ हजार जरिवाना १ वर्ष कैद र १० हजार जरिवाना
१४ हरीभक्त महर्जन X ६ महिना कैद, ५ हजार जरिवाना ९ महिना कैद, ७ हजार ५ सय जरिवाना ६ महिना कैद, ५ हजार जरिवाना १ वर्ष कैद र १० हजार जरिवाना
१५ निरञ्जन कु. खरेल X X ९ महिना कैद, ७ हजार ५ सय जरिवाना ६ महिना कैद, ५ हजार जरिवाना १ वर्ष कैद र १० हजार जरिवाना

सिफारिस