दिवंगत रविन्द्र अधिकारीको शवमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा, कसले कसरी सम्झिए ?

दियो पोस्ट  

काठमाडौं, १७ फागुन । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनालाई श्रद्धाञ्जलीको लागि शैनिक मञ्च टुँडीखेलमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर मन्त्री अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा आढाएपछि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।


श्रद्धाञ्जली अर्पण गर्न सबै उच्च तहका नेताहरु तथा मन्त्रीहरु शैनिक मञ्च टुँडीखेल पुगेका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले नेपालले एउटा भिजीनरी नेता गुमाएको प्रतिक्रिया दिए । उनले अधिकारीको कार्याकालमा पर्यटन क्षेत्रमा विभिन्न उदाहरणीय काम हुँदै गरेको अवस्थामा उनको निधन हुँदा ठूलो क्षेती भएको बताए ।


त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रविन्द्र अधिकारीलाई अफ्टेरोमा पनि हास्न सक्ने नेताको रुपमा बताए । आफ्नो ३० वर्षदेखिको सहयात्री रहेको र गुमाउनुपर्दा ठूलो पीडा भएको बताए ।


यता व्यावसायी उपेन्द्र महतोले रविन्द्र अधिकारी नेपाललाई आइकाओले युरोपका प्रतिबन्ध लगाएको हुनाले जर्मनीमा गएर हटाउने योजनामा रहेको तर, त्यसअघि नै निधन हुँदा नेपालले ठूलो क्षेती बेहोरेको बताए । महतोसँगैको सहकार्यमा मेडिकल पर्यटनलाई प्रवद्र्धन गर्ने योजना समेत रहेको उनले सुनाए ।