
रेशम चौधरी
कैलालीको टिकापुर घटना हुनु पूर्व अखण्ड सुदुरपश्चिम र चारुहट प्रदेशको बिषयलाई लिएर आन्दोलन चलिहरेको अवस्थामा सो आन्दोलनको सम्वन्धमा छलफल बिचार बिमर्श गर्नको लागि २०७२।०४।३० गते जिल्ला प्रशासन कार्यालय कैलालीमा सर्बदलीय बैठक बसेको थियो ।
उक्त बैठकको मुख्य उद्धेश्य आन्दोलन नगर्ने सबै नेलाहरुले आ आफ्नो कार्यकर्तालाई सम्झाउने भन्ने भएको थियो । मिति २०७२।०४।२५ गते अम्रेशकुमार सिंह, राजेन्द्र महतो, उपेन्द्र यादव, सुरेन्द्र चौधरी लगायतका नेताहरु आई टिकापुरमा सम्पन्न गरेको आम सभाले पहाडी समुदाय र थारुहरुबीचमा सद्भाव कायम गर्नुको सट्टा बिभाजनको रेखा कोरे जस्तो बनाएको थियो । मिति २०७२।०५।०६ गते टिकापुरमा सर्बदलीय बैठक बसी ७ गते टिकापुरमा रहेका सरकारी कार्यालयहरुमा बोर्ड ब्यानर टाँस्ने भनि मलाई जानकारी भएकाले समाजमा शान्ति नखल्बलियोस भन्ने उद्धेश्यले त्यहाँका एस.एस.पी साबलाई भोलि हाम्रो कार्यक्रम रहेको छ भनि जानकारी गराएको थिए ।

मिति २०७२।०५।०७ गते पनि शान्ति नबिग्रियोस भनि मधेशी दल भनिएका स्थानीय नेताहरुलाई पनि शान्तिपूर्ण हिसाबले कार्यक्रम गर्नु होला भनि सम्झाएको थिँए । मिति २०७२।०५।०७ गते म दुर्गौली भन्ने स्थानमा आएँ । त्यहाँका स्थानीय नेताहरुलाई तोडफोड नगरौँ, शन्तिपूर्ण तरिकाले माग राख्नु नै सबैभन्दा उत्तम उपाय हो भनि सम्झाउन लागेको थिँए ।
मुनुवा गाबिस अन्र्तगतको चिलिमे चौराहमा भिड जम्मा हुँदै थियो भन्ने कुरा कुरा थाहा पाई सो कुरा सशस्त्रका एस.एस.पी. लक्ष्मण न्यौपानेलाई पनि जानकारी गराएको थिए । त्यसपछि त्यहाँका कार्यकर्ताहरुले आ–आफ्नो तर्क दिन थालेपछि उनीहरुसंग कुरा कानी नमिल्ला जस्तो भएपछि स्थानीय नेताहरुले आ आफ्नो नेताहरुलाई सम्पर्क गरि त्यहाँबाट उठेर गए । म चाँही मेरो बर्दियामा काम भएका कारण बर्दियाको गुलरिया तिर हिँडे ।

म दुर्गौलीबाट लगभग ११ बजेतिर हिँडेका हुँ । म ठाकुरद्वार पुग्न लाग्दा मोवाइलमा फोन आई टिकापुरमा त भिडन्त भयो भन्दा सानोतिनो झडप भए होला भनि वास्ता गरिन । त्यसपछि ओराली वजारमा पुगी गाडी रोकी चिसो कोक खान लाग्दा त्यहाँ टिभीमा टिकापुरमा द्वन्द भई २८/३० जना बेपत्ता भए भन्ने समाचार सुनेपछि म गुलरियाको ग्रील पसलमा जाँदा त्यहाँको पसलेले तपाइंलाई त प्रहरीले खोजिराखेको छ, के हो ? भने पछि म त्यहाँ गोप्य स्थानमा सुरक्षित साथ बसेको हुँ । टिकापुर घटनामा मेरो कुनै संलग्नता रहेको छैन ।
म प्रति लगाएको आरोप झुठो हो । म माथि झुठा आरोप लाग्नुको कारण म समाजमा केही गरौँ, समाजको बिकास गरौँ, जस्तै टिकापुर खक्रौला रोडको अगुवाई, बाडी पीडितलाई आफ्नै तर्फबाट राहत बितरण, स्वर्गीय खडक बहादुरको सालिक निर्माण जस्तो लोकप्रीय कार्य गरेको र टिकापुरमा महोत्सव गराउने र मेरो भाषण सुन्न जनता आतुर हुने भएकाले तत्कालिन आन्दोलनको जस लिने, आफ्नो पक्षमा पनि विभिन्न राजनीतिक दलका ब्यक्तिहरुको आकांक्षाको आधारमा म थारु जातीको हक अधिकारमा लाग्ने समाजिक अभिप्राय लिई काम गर्ने ब्यक्ति भएकोले मलाई फसाउने उद्धेश्यले म माथि झुठा आरोप लगाएका हुन् ।
टिकापुर घटना भएपछि प्रहरीले मलाई खोजिरहेको छ भन्ने खवर पाएर सामाजिक सद्भाव नबिग्रियोस भन्ने उद्धेश्यले म यही मंसिर महिनामा भएको चुनाबमा पनि लडेँ । जनताले मलाई प्रतिनिभिसभामा पनि विजयी गराए । यदी मेरो लोकप्रीयता नभएको भए जनताले मलाई भोट दिँदैनथिए होला ।

यो राजनीति लडाइँ हो । एकदिन त समाजमा मान्थन होला भन्ने लागि म आफ्नै जनताको घरदैलोमा बसेको थिए । प्रस्तुत मुद्धामा मसरहैको प्रतिवादी श्रवण चौधरी लगायतका प्रतिवादीहरुले मलाई घटनामा संलग्न रहेको घटनाको योजना बनाई निर्देशन दिएको भनि गरिदिएको बयान झुठा हो । उनीहरुले के कुन दवाबमा मेरो नाम लेखाउन पुगे मलाई थाहा भएन । प्रदिप चौधरी र चमन चौधरीसंगको कल डिटेलको सम्वन्धमा मैले तिनीहरुलाई सम्झाउन भेटेर कुरा कानी गरौँ भनि सम्पर्क गरेको हुँ ।
जाहेरवालालाई म चिन्दा पनि चिन्दिन । उसको परिवारका सदस्यले सहादत प्राप्त गर्नुु भएकाले जाहेरी दिएका हुन सक्छन् । मौकामा कागज गर्ने मान बहादुर बुढा लगायतका ब्यक्तिहरुले आन्दोलनको नेत्तृत्व मैले गरेको भनि गरेको कागज झुठा हो ।
निजहरुलाई म चिन्दिन । टिकापुरमा घटना हुँदाका बखत म टिकापुरमा नभएकाले कसरी योजना बनाई निर्देशन दिन सक्छु? थारुहट संघर्ष समिति क्षेत्र नं. १ संयोजक सुरुमा मलाई बनाइएको हो । तर पछि नेताहरु आ–आफ्नो तरिकाले चल्न थालेपछि मैले बिभिन्न मिडियाकर्मीहरुलाई समेत बोलाई संयोजक नरहेके जानकारी समेत गराइसकेको छु । मिति २०७२।०५।०२ गते मेरो जेठानको मृत्यु भएकाले म काठमाडौँ गएको थिएँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परामर्समा जिल्ला प्रशासन कार्यालय कैलालीमा २०७२।०५।०५ गते बेलुकी आएको हुँ ।
६ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको नेत्तृत्वमा सर्वदलीय बैठकमा बसेको हुँ । सोही दिन बेलुकी टिकापुरको उग्रतारा शसस्त्र गण भित्रको सर्बदलीय बैठकमा पनि उपस्थित भएको छु । म कुनै घटनाको योनाकार र निर्देशक पनि होइन । म प्रति लगाईएको सम्पूर्ण आरोपहरु झुठा हुन् ।
जिल्ला अदालत कैलालीमा रेशम चौधरीले दिएको बयान