
काठमाडौं, २५ फागुन । अनाथ बालबालिकाको उद्दार गर्दै आएको सामाजिक संस्था जन उद्दार सेवा समितिको अध्यक्षमा धुर्व विक्रम मल्ल निर्वाचित भएका छन् ।
बालाजु डो करातो प्रतिष्ठानका प्रमुख तथा कराँते प्रशिक्षक मल्ल समाज सेवामा समेत सक्रिय छन् ।
शनिबार राजधानीको टेकु स्थित समितिको आफ्नै प्रांगणमा भएको विशेष साधारण सभाबाट मल्ल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा सोना सापकोटा, सचिवमा जितेन्द्र विष्ट, कोषध्यक्षमा मदन कुमार सेँडाई, सहसचिवमा हरि बहादुर रायमाझी निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा लोकमान मास्के, शान्ति लक्ष्मि पराजुली, भोजदेव खतिवडा, देव कुमार कुँवर, सावित्री विष्ठ र सविता अधिकारी निर्वाचित भएका छन् ।
टेकुमा रहेको सेवा समितिको भवनमा २० जना भन्दा बढी अनाथ बालबालीका बस्दै आएका छन् । बालबालिकाको हेरचाह र पठनपाठन गर्ने जिम्मा जनउद्दार सेवा समितिले लिएको छ ।
अध्यक्षमा निर्वात भएका मल्लले आगामी दिनमा समितिले तिब्र गतिमा समाज सेवाको कामलाई अगाडी बढाउने बताए । उनले थप अनाथ, भावमा रहेका बालबालिकाको खोजी गरी पठनपाठन गराउने र उनीहरुको हेरचाह गर्ने बताए ।