शनिबार सरकारी गाडी चलाउनेमाथि ट्राफिक प्रहरीको एक्सन– माइतीघरमै दर्जनौँ गाडी समातिए

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ फागुन । शनिबार सरकारी गाडीको दुरुपयोग गर्नेमाथि महानगरीय ट्राफिक प्रहरी महासाखाले एक्सन लिएको छ । प्रहरीले सरकारी गाडी जहाँ देख्यो त्यही समाउने नीति लिएको छ ।


ट्राफिक प्रहरीले शनिबार माइतिघरबाटै दर्जनौँ सरकारी गाडी तथा मोटर साइकल नियन्त्रणमा लिएको छ ।

सरकारी नम्बर प्लेटको मोटरसाइकल समाउन आफूले निर्देशन दिएको ट्राफिक प्रहरी महासाखा प्रमुख एसएसपी बसन्त पन्तले दियोपोस्टलाई जानकारी दिए ।

उनका अनुसार शुक्रबार सार्वजनिक विदाको दिन पनि ८० वटा भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको थियो ।


सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउनका लागि विशेष पास लिनुपर्ने व्यवस्था गृहमन्त्रालयले गरेको छ ।

सम्बन्धित खबर