यी हुन् इथियोपियन एअरलाइन्स दुर्घटनामा मृत्यु हुने नेपाली युवती, को हुन् उनी ?

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ फागुन । आईतबार दुर्घटनाग्रस्त इथोपियन एयरलाइन्समा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ ।

मुत्यु हुने नेपालीको नाम एकता अधिकारी रहेको छ । उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन् ।

एकता आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै थिइन् ।

डब्लूएफपीका कार्यकारी निर्देशक डेबिड बेस्लीले विमान दुर्घटनामा डब्लूएफपीका कर्मचारी पनि परेको पुष्टि गरेका छन्।

एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् ।

पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा का गरेकी थिइन् ।

स्थायी घर गोरखा भएकी एकताले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् ।

दुर्घटनागस्त इथोपियन एयरलाइन्स बोइङ ७३७ मा एक नेपालीसहित चालकदलका आठसहित ३० देशका एकसय ५७ जनाको मृत्यु भएको थियो ।
अधिकारीको परिवार यतिबेला शोकमा परेको छ ।

सम्बन्धित खबर