भोलीको नेपाल बन्द सफल पार्न भन्दै विप्लव नेतृत्वको नेकपाद्वारा राजधानीमा राँके जुलुश प्रदर्शन (भिडियोसहित)

भोलीको नेपाल बन्द सफल पार्न भन्दै विप्लव नेतृत्वको नेकपाद्वारा राजधानीमा राँके जुलुश प्रदर्शन  (भिडियोसहित)

काठमाडौं, २९ फागुन । विहीबारको नेपाल बन्द कार्यक्रम सफल पार्नका लागि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका कार्यकर्ताले बुधबार राँके जुलुश प्रदर्शन गरेका छन् ।
उनीहरुले राजधानीको विभिन्न स्थानमा राँके जुलुश निकालेका हुन् ।

सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि चौतर्फी विरोध हुँदै आएको छ । सरकारले मंगलबार मन्त्रिपरिषद बैठकबाट चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आराधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्द लगाउने निर्णय गरेको थियो ।

सरकारले यस्तो घोषणा गरेपछि नेकपाले फागुन ३० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको थियो ।


नेकपाका निकट विद्यार्थी संगठनले फागुन ३० गतेको नेपाल बन्द सफल पार्न भन्दै राँके जुलुश प्रदर्शन गरेका हुन् ।


० Comments




Trending News