गोरखाली ईन्सपेक्टर भट्टको ‘असुली सेटिङ’ले दरबार मार्ग अस्तव्यस्त !

दियो पोस्ट  

काठमाडौं, ३ चैत्र । राजधानीको सबैभन्दा सवारी चाप र व्यस्त हुने स्थान हो दरबार मार्ग । ठूला भिआइपीको सवारी देखि रात्रिकालिन व्यावसायले गर्दा दरबारमार्गमा ट्राफिक अत्याधिक हुन्छ । यस्तोमा ट्राफिक व्यवस्था चुस्त र दुरुस्त गर्नुपर्ने हुन्छ । तर, यसरी व्यवस्थित गर्ने निकाय नै ‘मोलमोलाई’मा लागे भने दरबार मार्गको हालत के होला ? ठीक त्यस्तै भएको छ आजकाल ।

पछिलो समय काठमाडौँको ब्यापारिक केन्द्र दरबारमार्गको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
कुनै समय सिताराम हाछेथु जस्ता हस्तीहरुले चुस्त दुरुस्त राखेको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गको काम कारवाही सुस्ताउदै गएको छ । यसअघि इलाका प्रहरी कार्यालय खैरहनिको विवादित कमाण्ड गरेका प्रहरी निरीक्षक दयाकृष्ण भट्ट हाल प्रभाग दरबारमार्गका प्रमुख छन्।


आफ्नो काम कारवाहीलाई बेवास्ता गर्दै डिउटी समयमा बिभिन्न रेस्टुरेन्टका मालिकहरुलाई विभिन्न रेस्टुरेन्टमा बोलाउदै भेट्न थालेपछि प्रहरी निरीक्षक भट्ट विवादमा परेका हुन् ।


नो पार्किंग एरिया तथा जेब्रा क्रसिंगमा पार्क गरिएका सवारी साधन हेर्ने हो भनेपनि उनको काम कारवाही सन्तोषजनक नभएको प्रष्ट देखिन्छ। गोरखाका नेकपा निकट केहि नेताहरुलाई जिल्लाको साइनो लगाउंदै दरबारमार्ग प्रभागको प्रमुख बन्न सफल भएका भट्ट हाल तिनै नेकपाका नेताको बेईज्जत हुनेगरी असुली धन्दामा लागेको स्रोतले बताएको छ।


दरबारमार्गको चर्चित रेस्टुरेन्ट किंग्स लाउन्ज को तल सँधै जसो मापासे चेकिंग हुने गर्छ । आफ्नो मचकुर कार्यालयको आँखा छल्न उनले चेकिंग खटाउंछन् तर त्यस भित्रको राज भने अर्कै रहेको छ । उनले किंग लाउन्ज लाई असर नपर्ने गरि चेकिंगको सेटिंग मिलाउने गरेको पाइएको छ ।

उनले राखेको चेकिंग सधै किंग्स लाउन्ज पुग्नु केहि कदम अगाडी मात्र राख्छन जसले गर्दा किंग्स लाउन्ज मा मापासे गरेकाहरु सजिलै चेकिंग बाट बच्छन्। त्यतिमात्र नभएर उनले सो रेस्टुरेन्टमा आउने ग्राहकलाई बाटोमानै पार्किंग गर्ने छुट दिएका छन् । उता प्रायजसो विवादमा आइरहने क्लब देजाभूका संचालकहरुसंग पनि इन्स्पेक्टर भट्टको राम्रै उठ्बस छ। क्लब देजाभूमा आउने ग्राहकलाई पनि सडकमै पार्किंगको छुट दिएको कुरा सोहि रेस्टुरेन्टमा काम गर्ने एक कर्मचारी बताउँछन्।

जुजुबा रेस्टुरेन्टबाट फुटेर गएको एक समूह दरबारमार्ग एरियामा राम्रो ठाउँको खोजीमा थियो सो समूहलाई हालको किंग्स लाउन्ज भएको भवन मिलाइदिएका थिए तत्कालिन समयमा वृत्त दरबारमार्ग को मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक चन्द्र भण्डारीले ।

पछि उनी बलात्कार केश मिलाएको आरोपमा निलम्बनमा परे । ठाउँ मिलाइदिए बापतको उनको केहि प्रतिशत शेयर त्यहिँ छ। तिनै सईले चिनजान गराएका थिए किंग्स लाउन्ज समूह र प्रहरी निरीक्षक भट्टलाई। यतिबेला भण्डारी महानगरीय प्रहरी अायुक्तकाे कार्यलय रानीपाेखरीमा कार्यरत छन् ।

त्यतिबेला महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक बसन्त पन्तका निकट एक इन्स्पेक्टरले केहि रेस्टुरेन्ट संचालक र प्रहरी निरीक्षक दयाकृष्ण भट्टको भेट शेर्पा मलको ओपियम रेस्टुरेन्टमा गरेका थिए। प्रहरी पोशाकमै भेट्न पुगेका भट्टले सबै लाईन त्यहि भेटमा मिलाएको स्रोतको दाबि छ।


यी सबै कुराको जानकारी ट्राफिक महाशाखालाई भएतापनि गोर्खाली नेकपाका नेताको दवाबमा केहि गर्न नसकिएको एक प्रहरी अधिकारी बताउँछन् ।