
काठमाडौं, ५ फागुन । वाईडबडी विमान खरिदमा घोटाला काण्डमा नेपाल बायु सेवा निगमका चार संचालकलाई सेटिङमा बयान लिएको खुलाशा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजि क्षेत्रबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालक समिति सदस्यलाई आइतबारदेखि बयान लिएको थियो ।
वाइडबडी विमान खरिद प्रकरणमा घोटला गरेको संसदको सार्वजनिक लेखा समितिको निष्कर्ष र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुको कारबाही गर्न समितिले दिएको किटानी निर्देशनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायु सेवा निगमका चार सञ्चालकलाई बयान लिएको थियो ।
निगमका सञ्चालक समिति सदस्यहरु मुक्तिराम पाण्डे, निमानुरु शेर्पा, अच्युत पहाडी र टेकनाथ आचार्यसँग अख्तियारले बयान लिएको छ । उनीहरुसँगको बयान सोमबार पनि जारी थियो ।
टेकनाथ आचार्य यतिबेला नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुसँग बयान लिनु भन्दा अघि १२ जनासँग बयान लिएको आर्थिक दैनिकमा खबर छ ।
बयान दिने मध्ये अच्युत पहाडीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको स्विकार गर्दै आएका छन् । पहाडीको बयानको विषयमा निगमक सञ्चालक समितिमै आश्चर्यता प्रकट भएको छ ।
यता मेगा बैंकका सञ्चालक समिति सदस्य समेत रहेका मुक्ति राम पाण्डे भ्रष्टाचारमा प्रत्यक्ष समलग्न भएपनि उनको खाता रोक्का नै नगरी अनुसन्धान गरिएको बताइएको छ ।
स्रोतका अनुसार उनीहरुलाई बयान लिनु भन्दा अघि नै अख्तियारको ‘बिचौलिया’ले सेटिङ मिलाएका थिए ।
‘प्रश्नोत्तर के हुन्छ भन्ने पहिले नै बताइएको थियो,’ स्रोतले भन्यो,‘अभियुक्तको बयान लिनु अघि खाता रोक्का देखि सबै सम्पत्ति विवरणको खोजविन हुन्छ तर केही भएको छैन ।’