प्रचण्डलाई अमेरिकामा पक्राउ गर्ने षड्यन्त्र, प्रचण्ड विरुद्ध उजुरी हाल्ने को हुन् ?

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ फागुन । आफ्नी श्रीमती सिता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्ने षडयन्त्र भएको पाइएको छ ।


अमेरिकामा रहेका एक नेपाली डाक्टरले उनी विरुद्ध पक्राउ गर्न भन्दै उजुरी गरेका छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर उनी आज अमेरिका पुगेका थिए ।

केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् ।

तिलक श्रेष्ठ

प्रचण्ड विरुद्ध लेखिएको उजुरीमा १७ हजार भन्दा बढी निर्दोष नेपालीको हत्या गरेर उनी अमेरिकामा घुमिरहेको भन्दै आरोप लगाइएको छ । कृषि विज्ञानमा विद्यावारिधी गरेका डाक्टर श्रेष्ठले प्रचण्ड विरुद्ध मुद्दा हालेका हुन् ।


राजधानीको असनमा जन्मिएका श्रेष्ठ पद्मोदय माविमा अध्ययन गरेका थिए ।


३९ वर्षदेखि अमेरिका बस्दै आएका श्रेष्ठले नेपालमा भएको परिवर्तन भने भोग्न पाएका छैनन् । उनलाई नेपालमा चलेको सशस्त्र जनयुद्धले समेत खासै प्रभाव पारेको छैन ।

युद्धकालमा कुनै उत्पीडनमा समेत नपरेका श्रेष्ठले किन प्रचण्ड विरुद्ध मुद्दा हाले ? त्यो भने रहस्यको विषय छ ।

सम्बन्धित खबर