नयाँ शक्ति विद्यार्थी अभियान आन्दोलनमा

दियो पोस्ट  

त्रिभूवन विश्वविद्यालयले करारमा राखेका उप–प्राध्यापलाई स्वत स्थायी गर्ने भनेपछि नयाँ शक्ति विद्यार्थी अभियानले आन्दोलन गरेको छ ।
बुधबारबाट अभियानका विद्यार्थीहरु शिक्षा सेवा आयोग र भिसी कार्यलय अगाडि आन्दोलन गरी रहेका छन् । ०८–०७२÷०७३ को विज्ञापन खारेज हुनु पर्ने भन्दै आन्दोलन गरको नयाँ शक्ति विद्यार्थी अभियानका विद्यार्थी गोविन्द केसीले बताए । केसीका अनुसार त्रिविले यो आफ्नो मनमानी तरिकाले काम गरी रहेको छ । त्रिवि जस्तो संस्थामा राजनीति भागबण्डा गरेर दक्ष जनशक्तिकोलागि बाटो बन्द गरेको केसीले बताए ।
नयाँ शक्ति विद्यार्थी अभियानले यो भन्दा पहिला त्रिविलाई विज्ञापन रोक्न ज्ञापन पत्र बुझाएको थियो । तर त्रिविले यसबारेमा अटेर गरेकाले आन्दोलन गर्न बाध्य भएको केसीले बताए ।
त्रिविले आफ्नो निर्णय फिर्ता नलिए यो भन्दा कडा आन्दोलन गर्ने केसीले बताए । त्यसपछि हुने आन्दोलनको जिम्मेवार स्वयं त्रिवि हुने उनको भनाइ छ ।

सम्बन्धित खबर