पूर्वकानुन मन्त्री शेर बहादुर तामाङले नै कानुन मिचेपछि उनी विरुद्ध मुद्दा पर्यो

दियोपोस्ट संवाददाता

काठमाण्डौँ । पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ्गले सांसद पुर्वाधार विकास कोषको रकम दुरुपयोग गरेपछि उनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तामाङ्गले कानुन विपरित सांसद विकास कोषको बजेट विनियोजन गरेपछि सिन्धुपाल्चोकका पत्रकार निरोज चौलागाइले तामाङ्ग विरुद्द गत फागुन २८ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् । उच्च अदालत पाटनका न्यायाधिस नरेन्द्रकुमार सिवाकोटीको एकल इजलासले मुद्दामा सुनवाइ गर्दै तामाङ्ग विरुद्ध कारण देखाउ आदेश जारी गर्दै चैत्र ११ गते उच्च अदालत पाटनमा उपस्थित हुन आदेश दिएको छ ।

गत मसिंरमा सांसद विकास कोषको रकम विनियोज र योजना छनौटको बारेमा बुझन सुचना माग गर्दा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले योजना छनौटको विषयमा सुचना लुगाएपछि आफुले सुचना माग सहित उक्त योजना विनियोजन गतल भएको भन्दै अदालतमा जानु परेको चौलागाइले बताए । सुचना लिएर बुझन खोजे तर नियोजित तरिकाले सुचना नदिएपछि मुद्दा दर्ता गरेको चौलागाइले बताए । उनले भने, ‘सांसदले आफ्नो निर्वाचन क्षेत्रमा एक वर्षमा साना ठुला गरि २० भन्दा बढी योजनामा रकम हाल्न पाइदैन, तर तामाङ्गले २९ वटासम्ममा हालेका छन्, ।’

त्यसै गरि मनमोहन स्मृती भवनमा ५० लाख, कम्पाउण्डको लागि ५० र जिल्लाका रेडियोहरुलाइ समेत विकासका रकम दुरुपयोग गरि वितरण गरेका छन् । यी सबै योजना स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली २०७५ को दफा ८ को उपदफा १ र २ विपरित गरेपछि आफुले कानुनी बाटोको अबलम्बन गरि पुर्व कानुन मन्त्री तामाङलाइ कानुनी बाटो देखाउन अदालत जानु परेको पत्रकार चौलागाइको भनाइ छ ।

‘सांसद तथा पुर्व कानुन मन्त्री भइसकेको व्यक्तीले पुर्वाधार विकास कोषको रकम जथाभावी वितरण गर्न पाइदैन् निर्देशिका छ, कानुन छ, विधान छ यि सबै कुरालाइ विर्सेर कानुन मन्त्री भइसकेको व्यक्तिले यस्तो गर्दा उहाँको लागि जघन्य अपराध हो । आफु सांसद हुदाँ मात्र विनियोजित रकम फर्छ्यौट् हुने तर कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्ने त्यो बेलाका सांसदहरुले कुनै न कुनै तरिकाले गलत क्रीयाकलापमा खर्च गरेका,कारण बे्रुजु आउने आरोप लाउनु भयो । यो गलत तरिकाबाट विनियाजित भएकाले कानून सम्बत फ्रीज हुन्छ । सिन्धुपाल्चोक मात्र नभएर देश भरिका सांसदहरुलाई प्रेणणाको श्रोत बन्छ,’ पूर्व सुचना तथा सन्चार मन्त्री मोहोन बस्नेतले भने ।

सम्बन्धित खबर