
दया दुधराज
काठमाडौं, ९ चैत्र ।
आजरे मैले भातर खायो
तिउन त गाभाको
के माया गथ्र्यौ तिमीले साइली
म जस्तो जाबाको..
तिम्रो नै मया लाउँदछ साइली सम्झन्छु छिन छिन
तिमीले माया नगरे पनि सम्झन्छु दिनदिन
हे तिमीले माया नगरेपनि सम्झन्छु दिनदिन….
नेपाली लोक गीतका ऐतिहासिक पात्र झलकमान गन्दर्भको स्वरमा कुनै समय निकै रुचाइएको यो गीत यतिबेला फेरी युटुभ लगायत साजिक सञ्जालमा भाइरल बनिरहेको छ । माथि उल्लेखित झलकमानको गीतलाई एक विदेशी गायकले आफ्नो श्वर दिएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो । लोक संगीतका मुर्धन्य व्यक्तित्व झलकमान गन्दर्भको गीत गाउने यी विदेशी गायक को हुन् ? उनको बारेमा केही तथ्यहरु फेला परेको छ ।
झलकमानको यो गीत मात्रै होइन नेपाली दर्जनौँ गीत गाउने उनको नाम आर्को मुखर्जी हो । भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा क्रियाशिल गायक मुखर्जी भारतीय लोक संगीतमा समेत चर्चाका पात्र हुन् । मिठो श्वरका कारण उनको माग संसारभर बढिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनी विभिन्न प्रकारका लोक संगीतमा माहिर छन् । उनले युरोपियन संगीतदेखि मध्युपूर्वका आदिवासीका संगीतलाई आफ्नो बंगाली संस्कृतिसँग जोड्न सक्छन् ।
मुखर्जीको जन्म र बाल्यकाल
आर्को मुखर्जी भारतको पश्चिम बंगालमा जन्मिएका थिए जसका कारण उनी भारतीय नागरिक हुन् । उनलाई आफ्नी आमा अल इन्डिया रेडियोकी प्रस्तोताले शास्त्रिय संगित सिकाएको बताइन्छ ।
उनका पीताले पनि उनलाई म्युजिकमा लाग्नका लागि उत्प्रेरणा दिएको उनले बताएका छन् । एक अन्तर्वार्तामा आर्कोले आफूलाई २ वर्षको उमेरमा आफ्ना बाबुले साइकलमा राखेर संगीत बजाउँदै हिँडेको बताएका छन् । उनका बाबुले पनि बंगाली लोक संगीतमा ठूलो योगदान दिएका थिए । आर्कोले पनि बाबुबाटै संगीत ज्ञान हासिल गरेको बताएका छन् ।

अर्कोले आफू १० वर्षको उमेर देखि संगीत सिक्न थालेका थिए भने १७–१८ वर्षदेखि गाउन थालेका थिए । यद्धपी उनले सन् २००१ देखि संगीतलाई निरन्तरता दिएका थिए । त्यतिबेला उनले दत्त ब्रदर्स, दिवंगत ल्याटिन संगीतका हस्ति मनोजित उर्फ कोचौडासँग पनि सहकार्य गरेका थिए ।
सन २०११ उनी फ्रान्समा वीन बाधक अन्ना तन्भिरसँगै संगीत साधनामा लागे । उनीहरु दुवै जनाले क्रोजोभर नामक ब्यान्डमा विभिन्न समयमा काम गरेर आफ्नो प्रस्तुती दिए । उनीहरु इंग्लयान्ड गए यता आर्कोले पनि आफ्नो प्रस्तुतीलाई सडकमा जारी राखे । उनले त्यतिबेला नै ८ वटा गीत समावेश भएको ‘दि लायोन एण्ड ह्यामस्टर’ नामक एल्बम ल्याए । आर्को बंगलादेशको विशिष्ट कलाकारहरु मध्येमा पर्छन् ।

उनको करियर त्यतिबेला परिवर्तन भयो जतिबेला उनले बंगलादेशको ढाकामा भएको सुफि मेला र नेपालमा भएको गिप्सी जाज मेलामा भाग लिए । उनलाई यसले एउटा स्टारडम नै बनाइदियो ।
श्रीमती, बालबच्चा र व्यक्तिगत जीवन
आर्को मुखर्जीले बीन बाधक अन्ना तान्वीरसँग विवाह गरेका थिए । अन्ना तान्वीर भारतीय थिटर लेजेन्ट हाबिब तान्वीरका छोरी हुन् । उनीहरुले संगीत यात्राका क्रममा युरोपका विभिन्न देशमा सहकार्य गरेका थिए । उनीहरुले आफ्नै ब्यान्ड क्रसओभर पनि क्रियाशिल गरेका छन् ।

अन्ना तान्वीर उनी आफै पनि निकै चर्चि गायीका हुन् । उनी पूर्वेली र पश्चिमी संगीतमा भिजेकी पात्र हुन् । उनी आयरल्यान्डमा जन्मेकी हुन् । उनको सांगीतिक जीवनमा यसको ठूलो भूमिका रहेको छ ।
आर्कोलाई भेटेपछि उनीहरुले ब्यान्डमा सहकार्य गर्न थालेका थिए । उनीहरुले आफ्नो सम्बन्धलाई निकै समयसम्म गोप्य राखेका थिए ।
कति कमाउँछन् मुखर्जी ?
मिठो श्वरका धनी मुखर्जीलाई ठूला अफर आउने गरेको छ । उनी युरोपका विभिन्न देश भ्रमणमा निस्कन्छन् । मुखर्जीले १९ वटा देशको भाषा बोल्ने बताइन्छ । उनले मासिक एक मिलियन कमाउने बताइन्छ ।