नेकपाको ‘एकता’ न यता न उता !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ फागुन । पूर्व माओवादी केन्द्र र पूर्वनेकपा एमालेबीच एकता घोषणा भएको २०७४ जेठ ३ गते नेता र कार्यकर्ताहरुमा एउटा आशा थियो– अब हामीले विश्वभर एकताको सन्देश दिने भयौँ ।’


फरक दृष्टिकोण लिएका पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । एकताले निकै ठूलो तरङग पनि पैदा ग¥यो । नाटकीय प्रक्रियाबाट भएको एकताले नेता र कार्यकर्ता समेत चकित परेका थिए । एकता भएकै दिन ४४१ सदस्यीय केन्द्रीय समिति गठन पनि भयो । नौ सदस्यीय सचिवालय गठन भयो । तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताको काम सम्पन्न गर्ने घोषणा गरियो । तीन महिनामा एकताको टुंगो लाग्ने आशामा बसेका नेता तथा कार्यकर्ताहरु महिनौ दिनसमेत भूमिका विहीन अवस्थामा रहेका छन् । न केन्द्रीय सदस्यको कार्य विभाजन भएको न प्रदेश कमिटी गठन भएर नै काम गर्न सकेको छ । जिल्ला कमिटी सहितका सांगठानिक एकताको बारेमा पटक–पटक कार्यदलले प्रतिवेदन बुझाए पनि प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन् ।


ओलीकै कारण एकतामा ‘भद्रगोल’


पार्टी एकतापछि सरकार र पार्टीमा शक्तिशाली बनेका ओलीले पार्टी एकताको प्रक्रियामा खासै ध्यान दिएका छैनन् । एकता प्रक्रियामा आफू निकटका व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिने रणनीति लिएपछि वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीसँग रुष्ट बनेको छ । सिंगै बाख्रो खायो कानको झक्झकी भनेझैं निकै आँट गरेर दुई पार्टी एकीकरण भएपनि अध्यक्षद्धयले निर्णय गर्दा हुने सांगठानिक एकता प्रक्रियाको गाठो फुकाउने आँट भने गर्न सकेका छैनन् । प्रचण्ड पार्टी एकताको बाँकी काम टुंगो लगाउने पक्षमा छन् । तर ओली आफू कमजोर हुने त्रासको कारण एकता प्रक्रिया लम्ब्याउदै लैजाने नीतिमा लागेका छन् । एकताको चाहना र भावना अनुसार पार्टी सञ्चालन गर्नुपर्ने भएपनि ओली कसरी आफू पार्टी र सरकारमा शक्तिशाली भइरहने भन्ने खेलमा छन् ।


सचिवालय र स्थायी समितिमा अल्पमतमा ओली


पार्टीभित्र शक्तिशाली भइरहने महत्वकाक्षा पालेका ओली एकता प्रक्रियापछि भने एकपछि अर्को गर्दै रक्षात्मक अवस्थामा पुगेका छन् । नौ सदस्यीय सचिवालयमा पनि ओली अल्पमतमा परेका छन् । सचिवालयमा प्रचण्ड निर्णायक भूमिकामा देखिएका छन् । वरिष्ठ नेताद्धय नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ओलीको विरुद्धमा लागेका छन् ।

ओलीलाई विष्णु पौडेल, ईश्वर पोखेल र रामबहादुर थापाले साथ दिएका छन् । सचिवालय बैठकमा ओलीले चाहको निर्णय गर्न सक्ने अवस्थामा छैनन् । ओलीले कुनै पनि निर्णय लिनको लागि प्रचण्डसँग सहमति लिनुपर्ने अवस्था छ । स्थानीय समिति बैठकमा पनि ओली अल्पमतमा छन् । सचिवालय र स्थायी समितिमा आफू अल्पममा परेर निर्णय लिन नसक्ने अवस्था आएपछि स्थायी समितिबाट गठित कार्यदल भंग गरेर अधिकार आफ्नो हातमा लिएका थिए ।


जब वादल फेरिए


नेकपाभित्र धार परिवर्तन गर्ने क्रम बढेको छ । गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’ पार्टी एकता टुंगो लाग्नु पूर्व प्रचण्डलाई साथ दिदै आएका थिए । प्रचण्डकै प्रस्तावमा वादल गृहमन्त्री पनि बन्न सफल भए । तर बीचमा गृहमन्त्री पविर्तन गर्न प्रचण्डले ओलीलाई सहमति लिएपछि वादलले क्याम्प नै परिवर्त गरेका थिए ।

अहिले वादल ओलीको नजिक भएर काम गरिरहेका छन् । सचिवालयमा अल्मतमा परेपछि ओलीले वादललाई गृहमन्त्रीमा कायमै राख्दै आफ्नो हितमा प्रयोग गर्न सुरु गरेका छन् । स्थायी समितिमार्फत गठित कार्यदलको संयोजक वादल नै थिए । सचिवालयका सदस्य र कार्यदलका सदस्यबीच संयुक्त रुपमा छलफल पनि भयो । कार्यदलले थप सात दिनको समय माग गरेको थियो । तर ओलीको प्रस्तावमा वादलले कार्यदले काम गर्न नसक्ने भन्दै हात उठाएपछि कार्यदल भंग भएको थियो ।


माधव नेपालको दोहोरो चरित्र


पार्टी एकताको पक्रियामा झलनाथ खनाल चीनमा भएका बेला ओलीसँग साठगाठ गरेर माधव नेपाल पार्टीको वरिष्ठ नेता बन्न सफल भए । नेपालले ओलीपछिको नेता आफू हुने नीति अनुसार ओलीलाई साथ दिए । पार्टी एकीकरण भएको केही समयसम्म नेपालले ओलीको साथ दिए । तर सचिवालयले महासचिव विष्णु पौडेललको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन आयो तब नेपाल ओलीसँग झस्किए । कार्यदलको प्रतिवेदनमा ओली पक्षमा नेताहरुलाई पनि मात्र अगाडि बढाउन खोजेपछि नेपाल रुष्ट भएका थिए ।


यता माधव नेपाल समुह र पूर्व माओवादी समुहले छुट्टा छुट्टै कार्यदल बनाएर समानान्तर समिकरण निर्माण गरेका छन् । पार्टी एकता नहुँदै समानान्तर सर्कुलर जारी भएको छ । धादिङमा केपी ओली समुह, पूर्व माओवादी केन्द्र समुह र माधव नेपाल समुहले छुट्टा छुट्टै सर्कुलर जारी गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस