काठमाडौं, १० चैत्र । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले भ्रष्टाचार आरोपी र चुनावमा बाघी उम्मेदवार काण्डमा कारबाही परेका व्यक्तिलाई नियुक्ती दिएका छन् ।
गत निर्वाचनमा पूर्व माओवादी उम्मेदवारलाई अन्तरघात गर्दै बाघी उम्मेदवार बनेका सल्यानका भिम प्रकाश शर्मालाई प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले राजनीतिक सल्लाहाकारमा नियुक्त गरेका छन् ।
संसदी निर्वाचनमा सल्यान जिल्लाको क्षेत्र नम्बर १ को प्रदेश ‘क’ बाट बाघी उम्मेदवार बनेका थिए । पूर्व गृहमन्त्री जनार्दन शर्मा निकट मानिने भिम प्रकाश शर्मालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले कारबाही गरेका थिए ।
आफ्नै उम्मेवार विरुद्ध बाघी उम्मेदवार बनेका शर्मालाई अन्तरघात गरेको अभियोगमा गत वर्ष कार्तिक २३ गते कारबाही गरिएको पत्र सार्वजनिक भएको थियो ।
त्यस्तै भ्रष्टाचार मुद्दाका आरोपीलाई कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको छ ।
भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको रत्न गाहामगर मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका हुन् ।
समाज कल्याण परिषदको तत्कालीन कोषाध्यक्ष रहेका मगरविरुद्ध अख्तियारले समाज कल्याण परिषदमा हुँदा रकम अनियमिततामा संलग्न रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
काठमाडौंको भृकुटीमण्डपस्थित पार्कको जग्गा ठेकेदारलाई भाडामा दिँदा अनियमितता भएको भन्दै अख्तियारले मगरसहित परिषद्का तत्कालीन पदाधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चैत्र ९ गतेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।