गोरखा प्रहरीकै आधिकारिक फेसबुकबाट अर्धनग्न युवतीको तस्विर सार्वजनिक भएपछि…

दियो पोस्ट  

काठमाडौं, १२ चैत्र । साइबर अपराध नियन्त्रण गर्ने प्रहरी संगठन नै साइबर अपराधको सिकार भएको छ । घटना जिल्ला प्रहरी कार्यालय गोरखाको हो । केही दिनअघि सम्म प्रहरी गतिविधिको प्रचार गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा सोमबारदेखि एकाएक अर्धनग्न युवतीको तस्विर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।


‘जिल्ला प्रहरी कार्यालय गोरखा’ लेखिएको उक्त पेजको प्रोफाइल र कभरमा अर्धनग्न युवतीको भिन्दा भिन्दै तस्विर राखिएको छ ।


‘हिजो देखि यो पेज ह्याक भएको हुनसक्छ । यो समस्या समाधान गर्ने काम माथिबाट भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले भने,‘तीन वर्षअघिको यो पेज यतिबेला आएर ह्याक भयो । हामीले समस्या समाधान गर्ने कोसिश गरिरहेका छौँ ।’


सामाजिक सञ्जाल प्रयोग कर्ताले प्रहरीकै फेसबुक ह्याक भएको भन्दै प्रश्न उठाइरहेका छन् ।