मलेशियन नागरिकको कुटपीटबाट धादिङ मैदीका मर्कुस तामाङको मलेशियामा निधन

दियो पोस्ट  

काठमाडौं, १३ चैत्र । मलेशियन नागरिकको कुटाईबाट धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी स्थायी घर भएका एक युवकको मृत्यु भएको छ ।


ज्वालामुखि २ मैदी काफलपानीका मर्कुस तामाङको मृत्यु भएको हो । रोजगारीको शिलशिलामा ५ वर्षअघि मलेशिया गएका तामाङलाई मलेशियन नागरिकले शुक्रबार राती कुटपीट गरेका थिए ।


कुटपीटपछि भाग्ने क्रममा तामाङ घाईते भएका थिए । घाइते तामाङलाई उपचारका लागि स्थानियबासीले एम्बुलेन्स मगाएका थिए ।

उनको मलेशियास्थित कोलालाम्पुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

सिफारिस