काठमाडौं, १५ चैत्र । त्रिभूवन विश्व विद्यालयमा व्यवस्थापन संकाय स्नातकोत्तर तह अध्यनरत दोस्रो सेमेस्टरमा अध्ययनरत मदन चापागाईंलाई प्रहरीले कक्षाकोठाबाटै गिरफतार गरेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारीको त्रिभुव विश्वविद्यालय अध्यक्ष रहेका चापागाईलाई विहीबार त्रिविको कक्षा कोठाबाटै गिरफतार गरिएको हो ।
पर्वतको फलेवास नगरपालिका घर भएका चापागाईंलाई प्रहरीले बेपत्ता बनाएको आफन्तको आरोप छ ।