मुलुकको भौगोलिक अखण्डता, साम्प्रदायिक सद्भावमा खतरा हुने अवस्थामा नेपालको संविधान र नेपालको सरकारको निर्णय अनुसार सेना परिचालन हुने भनि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दिएको अभिब्यक्ति स्वभाविक हो ।
उनले संविधान अनुसार त्यस्तो बेलामा नागरिक त परिचालन हुने ब्यवस्था भएको बेला सेना परिचालन हुन्छ भन्नुलाई लिएर हल्ला गर्नु पर्ने कुनै आवश्यकता नभएको बताए ।
रावलले अहिलेको सरकारसँग सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्ड रुष्ट नभई प्रसन्न भएको दावी गर्दै आफूहरु सधै सहमतिको सरकारको पक्षमा रहँदै आएको बताए ।
उनले भने,‘ हामीसधै सहमतिको सरकारको पक्षमा थियौ । संविधान निर्माण र कार्यान्वयनमा मिलेर जाने भन्ने भद्र सहमति हामीले काग्रेससँग गरेकै हो । काग्रेसले तोडेपनि हामी त्यसमा अझै प्रतिबद्ध छौ ।’