कोरोना भाइरस त्रास : टानले आयोजना गरेको ‘टान ल्होसार’ कार्यक्रम स्थगित !

दियो पोस्ट  

काठमाडौं, १८ फागुन । नोवेल कोरोना भाइरसका कारण विश्वभर त्रास छ । विश्व स्वास्थ्य संगठनले नेपाल समेत नोबेल कोरोना भाइरस (कोविड–१९) को उच्च जोखिममा रहेको जनाएको छ ।


नेपाल भ्रमण वर्ष २०२० समेत भाइरसकै कारण प्रभावित भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले तत्काल भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गरेको जनाएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित बेनको क्षेत्र हो –पर्यटन ।

पर्यटन सम्बद्ध संस्थाहरुले समेत आफ्नो कार्यक्रम धमाधम स्थगित गर्न थालेका छन् । ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्ट्स एशोशियसन अफ नेपाल (टान)ले पनि नियमित गर्दै आएको ल्होसार कार्यक्रम स्थगित गरेको छ ।

टानका महासचिव सरिता लामाका अनुसार आगामी फागुन २१ मा हुने भनिएको टान संयुक्त ल्होसार स्थगित भएको हो ।

सिफारिस