मन्त्री पोखरेल र एडिबी उपाध्यक्ष झाङबीच भेट

दियो पोस्ट  

काठमाडौँ, १४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलसँग एसियाली विकास बैंक (एडिबी) उपाध्यक्ष विन्काई झाङले भेटवार्ता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र लुम्बिनी विकास कोषलाई बैंकले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवामा सुधार गर्ने उद्देश्यले हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको सहयोग गर्न आग्रह गर्दै उनले भूकम्पले क्षति पु¥याएका जिल्लाहरुको पुनःनिर्माण र ‘ग्रेट हिमालयन ट्रेल’को पूर्वाधार विकासमा थप सहयोग आवश्यक रहेको बताए ।

एडिबीका उपाध्यक्ष झाङले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्ने बचन दिए । एडिबीले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र लुम्बिनी विकास कोषलाई पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ ।

सम्बन्धित खबर