यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति, प्रहरीले पक्राउ गर्‍यो

दियोपोस्ट संवाददाता

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको छ ।


नेकपाका पुराना नेता तथा पूर्व अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गर्न राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा पुगेका उनीमाथि दर्शक दीर्घाबाट जुत्ता प्रहार भएको हो । यद्धपी जुत्ता भने उनी बसेको ठाउँसम्म पुगेन । जुत्ता प्रहार गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।


पक्राउ पर्नेमा जुम्ला घर भएका २२ वर्षीय रतन तिरुवा रहेको काठमाडौं प्रहरीले जनाएको छ । उनलाई जुत्ता प्रहार गरिएको स्थान राष्ट्रिय सभा गृहबाटै काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिफारिस