दिपेश पुन भन्छन्,‘प्रचण्डमाथि जुत्ता प्रहार गर्ने पूर्व जनसेना र सहिद परिवार होइनन्’

दियो पोस्ट  

काठमाडौं, १८ फागुन । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार राजधानीको राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व माओवादी सेना तथा बेपत्ता परिवारको सदस्य नरहेको खुलेको छ ।


पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष समेत रहेका उपराष्ट्रपति नन्द बहादुर पुन पासाङका पुत्र दिपेश पुनले यस्तो दाबी गरेका हुन् ।


‘अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा सहिद परिवार र पूर्व लडाकु कुनै नभएको जानकारी गराइन्छ,’ दीपेशले सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेका छन् ।


आइतबार नेकपाका नेता स्वर्गिय भरतमोहन अधिकारीको प्रथम वार्षिक पुण्यतिथिमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार भएपनि मञ्चसम्म भने पुग्न सकेको थिएन ।